Kathmandu Press

खबरदारी सभाअघि माओवादीले निकाल्यो काठमाडौंमा जुलुस

भ्रष्टाचार र बेथितिविरुद्ध माओवादी केन्द्र बामगती, उपत्यका विशेष र सम्पर्क समन्वय प्रदेश समितिको अगुवाईमा जुलुस सुरु भएको हो। 
खबरदारी सभाअघि माओवादीले निकाल्यो काठमाडौंमा जुलुस

काठमाडौं, कात्तिक १० : नेकपा माओवादी केन्द्रले आज(शनिबार) काठमाडौंमा आयोजना गरेको खबरदारी सभाअघि खबरदारी जुलुस सुरु भएको छ। सरकारको एकसय दिन पूरा भए लगत्तै माओवादीले प्रदर्शन थालेको हो।

भ्रष्टाचार र बेथितिविरुद्ध माओवादी केन्द्र बामगती, उपत्यका विशेष र सम्पर्क समन्वय प्रदेश समितिको अगुवाईमा जुलुस सुरु भएको हो। 

Hardik ivf

सुन्धाराबाट सुरु भएको जुलुस रत्नपार्क, बागबजार हुँदै प्रदर्शनीमार्गमा पुगेर खबरदारीसभामा परिणत हुनेछ। सभालाई अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलगायतका नेताहरुले सम्बोधन गर्ने कार्यक्रम छ।

माओवादी केन्द्रले १० बुँदे एजेण्डासहित आज प्रदर्शन र खबरदारी सभा गर्दैछ । विपत् व्यवस्थापनमा देखिएको सरकारको असंवेदनशीलता, गैरजिम्मेवारीपन र योजनाविहिनताका कारण बेपत्ताहरुको खोजी, राहत वितरण, घाइतेहरुको उपचार, अस्थायी आवास निर्माण लगायत पुनर्निर्माण पुनर्स्थापनाको कार्यान्वयन गराउन खबरदारीसभा आयोजना गरिएको माओवादी केन्द्रले जनाएको छ।

Photos-(3)-(4)-1729927444.jpg

त्यस्तै नेकपा माओवादी केन्द्र नेतृत्वको सरकारले सुरु गरेको सुशासनको अभियानलाई कमजोर बनाउन भइरहेका षड्यन्त्र र भ्रष्टाचारजन्य गतिबिधिलाई निष्तेज पार्दै सुशासन, सामाजिक न्याय र आर्थिक समृद्धिको पक्षमा जनदवाव श्रृष्टि गर्ने पनि माओवादी केन्द्रको एजेण्डा रहेको छ।

खबरदारी सभा दिउँसो ४ बजेबाट सुरु हुनेछ। जसमा अध्यक्ष पुष्पकमल दाहाल, वरिष्ठ उपध्यक्ष नारायणकाजी श्रेष्ठलगायत शीर्ष नेताले सम्बोधन गर्ने छन्।
 

प्रकाशित मिति: १३:१५ बजे, शनिबार, कात्तिक १०, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्