Kathmandu Press

सल्यानबाट दाङ आउँंदै गरेको जीप दुर्घटना, दुई जनाको घटनास्थलमै मृत्यु 

मृत्यु हुनेमा जिप चालक दाङकोे दंगीशरण गाउँपालिका–४ बैबाङका २२ वर्षीय हिरामणि बुढा मगर र सल्यानको कपुरकोट गाउँपालिका–६ का १९ वर्षीय सुरेश खड्का छन्।
सल्यानबाट दाङ आउँंदै गरेको जीप दुर्घटना, दुई जनाको घटनास्थलमै मृत्यु 

दाङ, कात्तिक १० : तुलसीपुरको साततलेमा यात्रुबहाक जीप दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ। 

मृत्यु हुनेमा जिप चालक दाङकोे दंगीशरण गाउँपालिका–४ बैबाङका २२ वर्षीय हिरामणि बुढा मगर र सल्यानको कपुरकोट गाउँपालिका–६ का १९ वर्षीय सुरेश खड्का रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता इश्वर थापाले जानकारी दिए। 

प्रवक्ता थापाले दिएको जानकारी अनुसार दुर्घटनामा तीन आमा छोरा गम्भीर घाइते छन्। घाइते हुनेमा सल्यानको कपुरकोट गाउँपालिका–६की ३१ वर्षिया टीकादेबी वली, उनका १३ वर्षीय छोरा महेश वली र १० वर्षीय छोरा जीवन वली गम्भीर घाइते छन्।

घाइते सबैलाई थप उपचारका लागि बाँकेको नेपालगञ्जस्थित नर्सिङ होमका लागि रिफर गरिएको छ। 

राप्ती राजमार्ग अन्तरगत सल्यानबाट दाङको तुलसीपुर तर्फ आउँदै गरेको रा १ ज ८२२ नम्बरको बोलेरो जिप तुलसीपुर उपमहानगरपालिका – ३ साततलेमा बिहान करिब ४ बजेतिर दुर्घटनामा परेको थियो। 

जिप सडकबाट झन्डै तीन सय मिटर तल खसकोे छ । जिपमा चालक सहित पाँच जना यात्रु सवार थिए। 

घटना लगतै इलाका प्रहरी कार्यालय तुलसीपुरको प्रहरी घटनास्थल पुगेर घाइतेको उद्धार गरेको थियो। दुर्घटनाको कारण खुलेको छैन।
 

प्रकाशित मिति: ११:२७ बजे, शनिबार, कात्तिक १०, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्