Kathmandu Press

प्रधानमन्त्रीलाई भट्टराईको ७ बुँदे पत्र: शासक लकडाउन भनेर कानमा तेल हालेर बस्न मिल्दैन

काठमाडौं, वैशाख ४ :  नेपाली कांग्रेसका केन्द्रीय सदस्य गोविन्द भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पत्र लैख्दै विदेशमा समस्यामा परेका नेपाल....

प्रधानमन्त्रीलाई भट्टराईको ७ बुँदे पत्र: शासक लकडाउन भनेर कानमा तेल हालेर बस्न मिल्दैन

काठमाडौं, वैशाख ४ :  नेपाली कांग्रेसका केन्द्रीय सदस्य गोविन्द भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पत्र लैख्दै विदेशमा समस्यामा परेका नेपालीलाई तत्काल ल्याउने व्यवस्था मिलाउन आग्रह गरेका छन्।

जनसम्पर्क समन्वय विभागका संयोजक समेत रहेका भट्टराईले बिहीबार प्रधानमन्त्रीलाई पत्र लेख्दै यस्तो आग्रह गरेका हुन्। उनले प्रधानमन्त्री ओलीलाई प्रतिपक्षीको साथ छ भन्नुको अर्थ चुपचाप बस्नुस् भन्ने नभएको भन्दै विदेशमा अलपत्र परेका नेपालीको समस्या समधान गर्न तप्पर रहन आग्रह गरेका छन्।  

‘कोरोना भाइरसका कारण विश्व अर्थतन्त्रमै गम्भीर समस्या पैदा भएको छ। विभिन्न देशमा रहेका नेपालीहरु, जो नेपाल आउन चाहन्छन्, उनीहरुलाई तत्काल नेपाल ल्याउने व्यवस्था गरियोस्,’ उनले भनेका छन्, ‘खाडीका कतार, युएई, ओमन, बहराईन लगायत मलेसिया लगायतका अन्य मुलुकहरुबाट पनि कामदारहरु नेपाल आउनका लागि पहल गरिरहेका छन्। त्यसका साथै अमेरिका, बेलायत, अष्टेलिया, साईप्रस, माल्टा लगायतका  अन्य मुलुकमा रहेका विद्यार्थीहरु खर्च सकिएर बसिरहेका छन्। उनीहरुलाई तत्काल कुटनीतिक पहल गरेर विमान चार्टर्ड गरेर भएपनि नेपाल ल्याउने व्यवस्था गरियोस्।’

भट्टराईले लकडाउन छ भनेर शासन गर्ने व्यक्ति कानमा तेल हालेर बस्न नमिल्ने बताएका छन्। ‘ मुलुक लकडाउनमा  छ भनेर एउछा सामान्य मानिस घरभित्र बस्न सक्छ। तर तपाईं तीन करोड जनतामाथि शासन गर्ने व्यक्ति लकडाउन छ भनेर कानमा तेल हालेर बस्न मिल्दैन,’ भट्टराईले भनेका छन्। 

हेर्नुस् पत्र :

प्रकाशित मिति: २१:३४ बजे, बिहीबार, वैशाख ४, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्