रास्वपाको केन्द्रीय समितिको बैठक बस्दै
बैठकमा समसामयिक राजनीतिक विषय, आगामी कार्ययोजना, जारी आन्दोलनको स्वरुप लगायतका विषहरुमा छलफल हुने बताइएको छ।
काठमाडौं, कात्तिक १० : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समितिको बैठक आज बस्दैछ।
दिउँसो १ बजका लागि बोलाइएको बैठक पार्टी केन्द्रीय कार्यालय चःमतिस्थित बस्नेछ।
बैठकमा समसामयिक राजनीतिक विषय, आगामी कार्ययोजना, जारी आन्दोलनको स्वरुप लगायतका विषहरुमा छलफल हुने बताइएको छ।
पार्टी सभापति रवि लामिछाने पक्राउ परेपछि पोखरामा आन्दोलन गरेको रास्वापाले शुक्रबार काठमाडौं केन्द्रित आन्दोलन गरेको थियो। तर, शुक्रबार साँझा नै उसले आन्दोलन रोक्ने निर्णय गरिसकेको छ।
सहकारीको रकम अपचलन गरेको आरोपमा गत शुक्रबार पक्राउ परेका रवि प्रहरी अनुसन्धानका लागि कास्की प्रहरीको हिरासतमा छन्।
प्रकाशित मिति: १०:२० बजे, शनिबार, कात्तिक १०, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार












