Kathmandu Press

आन्दोलन जारी राख्ने रास्वपाको निर्णय

आन्दोलनको स्वरूपबारे छलफल गर्न भोलि पुनः बैठक बस्ने
आन्दोलन जारी राख्ने रास्वपाको निर्णय
फाइल तस्वीर।

काठमाडौं, कात्तिक ९ ।  राष्ट्रिय स्वतन्त्र पार्टीले सभापति रवि लामिछानेको पक्षमा आन्दोलन जारी राख्ने निर्णय गरेको छ।

शुक्रबार दिउँसो बसेको केन्द्रीय समितिको बैठकले आन्दोलन जारी राख्ने निर्णय गरेको रास्वपाका एक नेताले जानकारी दिए।

Hardik ivf

रास्वपाले विभिन्न सञ्चारमाध्यममा रास्वपाको आन्दोलन स्थगित भएको आशयका समाचारहरू आएकोमा त्यसप्रति विश्वस्त नरहन पनि आग्रह गरेको छ।

रास्वपाले पोखराबाट आन्दोलनलाई काठमाडौं केन्द्रीत गरिरहेको छ।

आन्दोलनको स्वरूप कस्तो हुने भन्ने विषयमा भने भोलि पुनः बस्ने बैठकले तय गर्ने ती नेताले जानकारी दिए।

सहकारी ठगी र संगठित अपराधको आरोपमा गत शुक्रबार पक्राउ परेका लामिछानेविरूद्ध सम्पत्ती शुद्धीकरणको मुद्दा पनि चलाइने भएको छ।

लामिछानेविरूद्ध रूपन्देही जिल्ला अदालतले पनि पक्राउ पुर्जी जारी गरेको छ।

उनलाई बुटवल, पर्सा, वीरगन्ज र चितवनपछि काठमाडौं ल्याउने तयारी भएको छ।

प्रकाशित मिति: २०:५८ बजे, शुक्रबार, कात्तिक ९, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्