Kathmandu Press

मनकामना जाँदै गरेको यात्रुवाहक भ्यान धादिङको नौकिलोमा दुर्घटना

 धादिङमा यात्रुवाहक भ्यान दुर्घटना हुँदा ११ जना घाइते भएका छन्। 
मनकामना जाँदै गरेको यात्रुवाहक भ्यान धादिङको नौकिलोमा दुर्घटना

 काठमाडौं, कात्तिक ८ । धादिङमा यात्रुवाहक भ्यान दुर्घटना हुँदा ११ जना घाइते भएका छन्। 

शुक्रबार काठमाडौंबाट गोरखाको मनकामना जाँदै गरेको  बा.प्र. ०१-०३० च ७६५९ नम्बरको विद्युतीय भ्यान पृथ्वी राजमार्ग अन्तर्गत धादिङको थाक्रे गाउँपालिका-६ नौकिलोमा दुर्घटना हुँदा चालकसहित ११ जना घाइते भएका हुन्। 

Hardik ivf

जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार भ्यान आफै अनियन्त्रित भएर सडकबाट करिब २० मिटर तल खोलाछेउमा खसेको हो। 

दुर्घटनामा परी रामेछाप घर भई भक्तपुरको चाँगुनारायण नगरपालिका-१ बस्दै आएका १० यात्रु घाइते भएका छन्। 

घाइतेहरूमा ७० वर्षीया केदारकुमारी श्रेष्ठ, ४२ वर्षीया राधिका कटुवाल, ४२ वर्षकै कुमार कटुवाल, १२ वर्षीय विवस कटुवाल, १५ वर्षका सुरज श्रेष्ठ, १६ वर्षीय विनिता कटुवाल, ३९ वर्षीया संगीता श्रेष्ठ, ४० वर्षीय नारायण बहादुर श्रेष्ठ १० वर्षीय सुदीप श्रेष्ठ र ४५ वर्षीय नारायणदास श्रेष्ठ रहेको धादिङ प्रहरीले जनाएको छ। 

भ्यान चालक दोलखाको गौरीशंकर गाउँपालिका-३ का ३० वर्षीय गंगा बहादुर बस्नेत पनि घाइते छन्। 

घाइतेहरूमध्ये केहीको अवस्था सामान्य  र केहीको मध्यम छ। सबै घाइतेहरुलाई उपचारका लागि महादेववेसीस्थित टाइमकेयर अस्पतालमा उपचारका लागि पठाइएको धादिङ प्रहरीले जनाएको छ।

प्रकाशित मिति: १७:२० बजे, शुक्रबार, कात्तिक ९, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्