अधिकार सम्पन्न भूमि आयोग गठन हुन्छ : मन्त्री अधिकारी
लामो समयसम्म जमिन भोग गर्दै आए पनि लालपूर्जाविहीन भएर बस्नुपर्ने अवस्थाको अन्त्य गर्न सरकार लागिपरेको उनले बताए।-1729853022.jpg)
सङ्खुवासभा, कात्तिक ९ : भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले अधिकार सम्पन्न भूमि आयोग गठन हुने बताएका छन्।
जिल्ला मालपोत कार्यालय खाँदबारीको भवन उद्घाटन गर्दै मन्त्री अधिकारीले भूमिहीन र सुकुम्बासीको समस्या दुई वर्षभित्र समाधान गर्ने प्रतिबद्धता जनाए। यही महिना भित्रै भूमि आयोग गठन गर्ने उनको भनाइ थियो।
‘मंसिरभित्र सबै जिल्लामा भूमी आयोग गठन गरिसक्छौं,’ उनले भने। प्रदेश र स्थानीय तहसँग समन्वय गरेर सबै भूमिहिनलाई जग्गा उपलव्ध गराउने उनले बताए।
गरिबी निवारणलाई सरकारको उच्च प्राथमिकतामा राखेको मन्त्री अधिकारीको भनाइ थियो। लामो समयसम्म जमिन भोग गर्दै आए पनि लालपूर्जाविहीन भएर बस्नुपर्ने अवस्थाको अन्त्य गर्न सरकार लागिपरेको उनले बताए।
प्रकाशित मिति: १६:२९ बजे, शुक्रबार, कात्तिक ९, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार












