Kathmandu Press

मन्त्रिपरिषद् बैठकले के–के निर्णय गर्‍यो?

बैठकले स्लोभानियासमेत ११ स्थानका अवैतनिक वाणिज्यदूत र महावाणिज्यदूतहरूको पदाधवि एक अवधि अर्थात् चार वर्षका लागि थप गर्ने निर्णय गरेको छ।
मन्त्रिपरिषद् बैठकले के–के निर्णय गर्‍यो?

काठमाडौं, कात्तिक ९ : बिहीबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक भएका छन्। 

सरकारका प्रवक्ता एवं सूचना, प्रबिधि तथा सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले शुक्रबार मन्त्रिपरिषद्ले गरेका १२ निर्णय सार्वजनिक गरेका हुन्।  

उनका अनुसार बैठकले स्लोभानियासमेत ११ स्थानका अवैतनिक वाणिज्यदूत र महावाणिज्यदूतहरूको पदाधवि एक अवधि अर्थात् चार वर्षका लागि थप गर्ने निर्णय गरेको छ।

यस्तै, बबई सिँचाइ आयोजनाका लागि ६५ हेक्टर जग्गा प्राप्ति गर्न स्वीकृति दिनेदेखि लिएर जनक शिक्षा सामग्री केन्द्र्रलाई हुलाक टिकट छाप्न दिने निर्णय समेत बैठको मन्त्री गुरुङले बताए।

प्रकाशित मिति: १६:१० बजे, शुक्रबार, कात्तिक ९, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्