Kathmandu Press

औषधि लिमिटेडले भन्यो– सिटामोल अभाव छैन, दैनिक ३ लाख उत्पादन भइरहेको छ

‘हामीले नियमित उत्पादन गरिरहेका छौं, दैनिक दुई सिफ्टमा काम भइरहेको छ,’ उनले भने, ‘सिटामोलसँगै जीवनजललगायत अन्य औषधि पनि उत्पादन भइरहेको छ।’
औषधि लिमिटेडले भन्यो– सिटामोल अभाव छैन, दैनिक ३ लाख उत्पादन भइरहेको छ

काठमाडौं, कात्तिक ९ : बजारमा सिटामोल अभाव भएको भन्ने हल्ला मात्र रहेको नेपाल औषधि लिमिटेडले जनाएको छ। 

लिमिटेडका प्रबन्ध निर्देशक कैलाशकुमार पनेरुले सिटामोलको कुनै अभाव नरहेको र यसको नियमित उत्पादन पनि भइरहेको बताए। देशभर डेंगुका विरामी बढिरहेका बेला अहिले सिटामोल नभएको चर्चा चलिरहेको छ।

Hardik ivf

‘हामीले नियमित उत्पादन गरिरहेका छौं, दैनिक दुई सिफ्टमा काम भइरहेको छ,’ उनले भने, ‘सिटामोलसँगै जीवनजललगायत अन्य औषधि पनि उत्पादन भइरहेको छ।’ उनका अनुसार दैनिक तीन लाख सिटामोल उत्पादन भइरहेको छ।

‘डेंगीका बेला पनि सिटामोल पाइएन भन्ने सुनिएपछि सूचना निकालेका छौं। हामीसँग जति खरिदका लागि आउनुभएको छ, दिएका छौं। खरिद बिक्रीको अनुपात हेर्ने हो भने सन्तुलित छ,’ प्रबन्ध निर्देशक पनेरुले बताए। 

सिटामोलको अभाव रहेको भन्ने विभिन्न माध्यमबाट गुनासो आएकाले लिमिटेडले सूचना जारी गरी सोबारे ध्यानकर्षण गराएको थियो।

खरिदका लागि सम्पर्क गर्नुहुने लिमिटेडका सबै भण्डारणकर्ता, सरकारी अस्पताल तथा तीनै तहका सरकार मातहतका स्वास्थ्य आपूर्ति व्यवस्थापन निकायलाई मागअनुसारको परिमाणमा सिटामोलको तत्काल आपूर्ति गर्दै आइरहेको सूचनामा उल्लेख छ।

प्रकाशित मिति: १५:४० बजे, शुक्रबार, कात्तिक ९, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्