Kathmandu Press

सरकारको अपील- चैतभित्र विदेशबाट आएकाहरूले कोरोना परीक्षण गराउनुस्

काठमाडौं, वैशाख ४ :  सरकारले चैत महिनाभित्र विदेशबाट नेपाल आएका सबैलाई कोरोना भाइरसको परीक्षण गराउन अपील गरेको छ। 

स्वास्थ्य तथा ज....

सरकारको अपील- चैतभित्र विदेशबाट आएकाहरूले कोरोना परीक्षण गराउनुस्
फाइल

काठमाडौं, वैशाख ४ :  सरकारले चैत महिनाभित्र विदेशबाट नेपाल आएका सबैलाई कोरोना भाइरसको परीक्षण गराउन अपील गरेको छ। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार एक सूचना जारी गर्दै चैत महिनाभित्र विदेशबाट आएका सबैले आरडिटीबाट कोरोनाको परीक्षण गराउन अपील गरेको हो। 

मन्त्रालयले विदेशबाट आएका सबैको आरडिटीबाट कोरोना परीक्षण गरिने पनि जनाएको छ। मन्त्रालयले १४ दिनभन्दा बढी क्वारेन्टाइनमा बसेका सबैको पनि आरडिटीबाट कोरोना परीक्षण गर्ने जनाएको छ।

यस्तै, कोरोना रोकथाम र उपचारमा संलग्न स्वास्थ्यकर्मी र सुरक्षाकर्मीको पनि परीक्षण गर्ने भएको छ।  कोरोनाको उपचार, निदान, नियन्त्रण अभियानमा खटिएका स्वास्थ्यकर्मी र सुरक्षाकर्मीको पनि ¥यापिड डाइनोष्टिक टेष्ट (आरडिटी) बाट परीक्षण गरिने स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए।

नेपालमा अहिलेसम्म १६ जनामा कोरोनाको संक्रमण भेटिएको छ। तीमध्ये एक जना निको भएर घर फर्किसकेका छन्। कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि भन्दै नेपाल जोखिममा रहेको भन्दै गत चैत ११ गतेबाट वैशाख १५ गतेसम्मका लागि लकडाउनमा छ। 
 

प्रकाशित मिति: २०:१० बजे, बिहीबार, वैशाख ४, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्