धादिङमा भ्यान दुर्घटना हुँदा ११ जना घाइते
दुर्घटनामा ११ जना घाइते भएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार घाइते ३ जनाको अवस्था केही गम्भीर भए पनि अन्यको अवस्था सामान्य छ।
धादिङ, कात्तिक ९ : धादिङमा शुक्रबार दिउँसो भ्यान दुर्घटना भएको छ। शुक्रबार दिउँसो धादिङको थाक्रे गाउँपालिका ६ मा काठमाडौंबाट कुरिनटार जादै गरेको भ्यान दुर्घटनामा परेको हो।
सो दुर्घटनामा ११ जना घाइते भएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार घाइते ३ जनाको अवस्था केही गम्भीर भए पनि अन्यको अवस्था सामान्य छ।
घाइतेहरुको उपचार महादेवबेसीकै टाइम्स केयर अस्पतालमा भइरहेको छ।
मनकामना दर्शनका लागि रिजर्भमा जाँदै भ्यान अनियन्त्रित भई सडकबाट तल थियो।
प्रकाशित मिति: १५:०९ बजे, शुक्रबार, कात्तिक ९, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार









![झरीमा पनि ग्यासको लाइनमा जनता [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/cover-1786878394.jpg)

