Kathmandu Press

माइतीघरमा रास्वपाको प्रदर्शन 

बुधबारसम्म पाेखरामा विराेध प्रदर्शन गरिरहेकाे रास्वपाले आजबाट काठमाडाैं केन्द्रित आन्दाेलन थालेकाे हाे।
माइतीघरमा रास्वपाको प्रदर्शन 

काठमाडौं, कात्तिक ९ : राष्ट्रिय स्वतन्त्र पार्टी सभापति एवम् पूर्व गृहमन्त्री रवि लामिछाने पक्राउको विरोधमा काठमाडौं माइतीघरमा प्रदर्शन गरिएको छ। 

पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा सभापति पक्राउ परेपछि कार्यकर्ता विरोधमा उत्रिएका हुन्। 

बुधबारसम्म पाेखरामा विराेध प्रदर्शन गरिरहेकाे रास्वपाले आजबाट काठमाडाैं केन्द्रित आन्दाेलन थालेकाे हाे।

गत २ कात्तिकमा पक्राउ परेका लामिछाने यतिबेला अनुसन्धानका लागि हिरासतमा छन्। बिहीबार अदालतले प्रहरीलाई पुनः ७ दिनको थुना अनुमती दिएको छ। 
 

प्रकाशित मिति: १४:५९ बजे, शुक्रबार, कात्तिक ९, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्