Kathmandu Press

८ हजार मिटर अग्ला १४ हिमाल चढेर नेपाल फर्किए निर्मल पुर्जा 

विश्व कीर्तिमान कायम गर्न सफल पुर्जा शुक्रबार दिउँसो नेपाल फर्किएका हुन्। उनी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भव्यताका साथ स्वागत गरिएको छ। 
८ हजार मिटर अग्ला १४ हिमाल चढेर नेपाल फर्किए निर्मल पुर्जा 

काठमाडौं, कात्तिक ९ : कीर्तिमानी आरोही निर्मल पुर्जा सबैभन्दा कम समयमा ८ हजार मिटरभन्दा अग्ला संसारका १४ वटा हिमालहरू नेपाल फर्किएका हुन्। 

विश्व कीर्तिमान कायम गर्न सफल पुर्जा शुक्रबार दिउँसो नेपाल फर्किएका हुन्। उनी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भव्यताका साथ स्वागत गरिएको छ। 

विमानस्थलमा उनले ज्यानको बाजी राखेर नेपाललाई विश्व सामु चिनाउन पाउँदा खुसी लागेको बताउँदै उनले सबैको साथ रहे अझै राम्रो काम गर्ने बताए। 

‘ज्यानको बाजी राखेर नेपाललाई विश्व सामु चिनाउँन मैले सानो योगदान दिन पाउँदा खुसी लागेको छ। नेपाललाई चिनाउँने काम गर्न पाएको छु, अझै काम गर्न धेरै नै बाकी छ तपाईंहरु सबैको साथ रहने पनि आशा गर्दछु,’ विमानस्थ्लमा उनले प्रतिक्रिया दिए।

Photos-(2)-(7)-1729842732.jpg

उनले ४८ घन्टाभित्र सगरमाथा, ल्होत्से र मकालु जस्ता हिमाल आरोहण गरेका छन् भने ७ महिनाभन्दा कम अवधि (१८९ दिन)मा समुद्री सतहबाट ८ हजार मिटरभन्दा अग्ला संसारका सबै (१४ वटा) हिमालको सफल आरोहण गरेका छन्।

पुर्जाले ८ हजार मिटरभन्दा अग्ला संसारका १४ वटा हिमालहरु अक्सिजनसहित र अक्सिजनबिना गरेर दुईपटक आरोहण गरिसकेका छन्। यो हिमालहरु सबैभन्दा छिटो आरोहण गर्नेमा पनि उनले आफ्नो नाम राखेका छन्।

Nirmal-Purja-1729842731.jpg

Photos-(4)-(4)-1729842734.jpg

प्रकाशित मिति: १३:३८ बजे, शुक्रबार, कात्तिक ९, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्