सत्ता गठबन्धनकाे बैठक बस्दै
आजकाे बैठकमा सरकार र मन्त्रीहरूका कामकारबाही तथा समसामयिक राजनीतिक विषयमाथि छलफल हुने बताइएको छ।
काठमाडौं, कात्तिक ९ : सत्ता गठबन्धनको बैठक आज बस्ने भएको छ।
प्रधानमन्त्री केपी ओलीको आव्हानमा सत्ता गठबन्धनको बैठक बस्ने लागेको हो। बैठक आज अपरान्ह ३ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने छ।
बुधबार मात्रै बालुवाटारमा जुटेका सत्तारुढ दलहरूबीच शुक्रबार पुन: छलफल हुन लागेको हो ।
आजकाे बैठकमा सरकार र मन्त्रीहरूका कामकारबाही तथा समसामयिक राजनीतिक विषयमाथि छलफल हुने बताइएको छ।
प्रकाशित मिति: १२:४८ बजे, शुक्रबार, कात्तिक ९, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार