Kathmandu Press

कञ्चनपुरमा मृत भेटिए दम्पती

लालझाडी गाउँपालिका–१ विनाबारीका ४५ वर्षीय रमेश बडायक र उनकी श्रीमती ४३ वर्षीय कमल बिछ्यौनामा मृत फेला परेका हुन्।
कञ्चनपुरमा मृत भेटिए दम्पती

कञ्चनपुर, कात्तिक ९ : कञ्चनपुरमा एक दम्पत्ति मृत भेटिएका छन्। 

लालझाडी गाउँपालिका–१ विनाबारीका ४५ वर्षीय रमेश बडायक र उनकी श्रीमती ४३ वर्षीय कमल बिछ्यौनामा मृत फेला परेका हुन्।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक उमेशप्रसाद जोशीका अनुसार दुवै जनालाई आज बिहान मृत फेला पारिएको हो। 

मृतकको शरीरमा धारिलो हतियारको डाम भेटिएका उनीहरूको हत्या भएको आशंका भएको जिल्ला प्रहरी कार्यालयका निमित्त प्रमुख प्रहरी नायब उपरीक्षक उमेश जोशीले बताए। 

‘घटना शङ्कास्पद छ, मृतकको शरीरमा धारिलो हतियार प्रयोग भएको डाम देखिएको छ, घटनास्थलमा रगत पनि देखिएकाले अनुसन्धान थालिएको छ,’ उनले भने।

प्रकाशित मिति: १०:५४ बजे, शुक्रबार, कात्तिक ९, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्