बढी मूल्यमा सामान बिक्री गर्ने दुई पसल कारवाहीमा
काठमाडौं, वैशाख ४ : दैनिक उपभोग्य वस्तुमा बढी मूल्य लिएर बिक्री गर्ने दुई पसललाई वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले कारवाही गरेको छ।
....
काठमाडौं, वैशाख ४ : दैनिक उपभोग्य वस्तुमा बढी मूल्य लिएर बिक्री गर्ने दुई पसललाई वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले कारवाही गरेको छ।
लकडाउनका अवधिमा खाद्य वस्तुमा मूल्य वृद्धि गरी बिक्री गरेकाले महाँकालस्थित डेली ग्रोसरी प्रालिलाई दुई लाख रुपैयाँ जरिवाना गराइएको विभागले जनाएको छ।
अधिकतम खुद्रा बिक्री मूल्य समावेश गरिएको सामान दोब्बर मूल्यमा बिक्री गरेको भेटेपछि कारवाहीस्वरुप जरिवाना गराइएको विभागका अनुगमन निरीक्षक दीपक पोख्रेलले बताए। उनका अनुसार आजै इमाडोलस्थित दीपशिखा स्टोर्समा खरीद बिल नभएकाले पचास हजार रुपैयाँ जरिवाना गराइएको छ।
अनुगमनका क्रममा बढी मूल्य लिएको भेटिएपछि उपभोक्ता संरक्षण ऐन, २०७५ अनुसार जरिवाना गरिएको पोख्रेलले जानकारी दिए। विभागले बुधबार बढी मूल्यमा किराना सामग्री बिक्री गरेकाले सीतापाइलास्थित बुद्धबजार प्रालिलाई पनि दुई लाख रुपैयाँ जरिवाना तिराएको थियो।








![डा. देवेन्द्रराज पाण्डेको शव पशुपति आर्यघाटमा [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-1_4e51c4be-1784360418.jpg)


