Kathmandu Press

शीतलनिवास अगाडि प्रदर्शन गर्न पुगेका तीन जना पक्राउ

राष्ट्रपति भवन शीतलनिवास अगाडि प्रदर्शन गर्न पुगेका तीन जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
शीतलनिवास अगाडि प्रदर्शन गर्न पुगेका तीन जना पक्राउ
फाइल तस्वीर।

काठमाडौं, कात्तिक ८ । राष्ट्रपति भवन शीतलनिवास अगाडि प्रदर्शन गर्न पुगेका तीन जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

बाँकेकी निर्मला कुर्मीको लागि न्यायका लागि भन्दै शीतल निवास अगाडि प्रदर्शन गर्न पुगेका साकिला तेली, अनिता थारू र ललिता थारू पक्राउ परेका हुन्।

उनीहरूलाई  प्रहरी वृत्त महाराजगन्जबाट खटिएको टोलीले शीतलनिवासको गेटबाट नियन्त्रणमा लिएको हो।

कुर्मीका लागि न्याय माग्दै  उक्त समूहले माइतीघरमा प्रदर्शन गर्दै आएको छ। तीमध्ये तीन जना बिहीबार शीतलनिवास अगाडि पुगेका थिए।

निषेधित क्षेत्रमा प्रदर्शन गर्न खोजेको भन्दै प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको हो।

प्रकाशित मिति: १९:३७ बजे, बिहीबार, कात्तिक ८, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्