३२ वटै वडामा एक सय ३६ जनाको र्यापिड टेष्ट गर्दै काठमाडौँ महानगरपालिका
काठमाडौं, वैशाख ४ : काठमाडौं महानगरपालिकाले ३२ वटै वडामा र्यापिड टेष्टलाई तिव्रता दिएको छ। महानगरपालिकाले विदेशबाट फर्किएर महानगरपालिका भित्....

काठमाडौं, वैशाख ४ : काठमाडौं महानगरपालिकाले ३२ वटै वडामा र्यापिड टेष्टलाई तिव्रता दिएको छ। महानगरपालिकाले विदेशबाट फर्किएर महानगरपालिका भित्र वसोवास गर्दै आएका र उनीहरुको सम्पर्कमा रहेका सबैको टेष्ट गर्न थालेको हो।
काठमाडौंको सनसिटी अपार्टमेन्टमा बस्ने दुई जनामा कोरोना पोजेटिभ देखिएपछि महानगरले उनीहरुको सम्पर्कमा रहेका वडा नम्बर–५ का ३९ जनाको बुधबारनै र्यापिड टेस्ट गराएको थियो। उनीहरु सबैको रिपोर्ट नेगेटिभ आइसकेको छ।
त्यस्तै महानगरले आज वडा–४ का ५१ जनाको टेष्ट गराएको छ। बिदेशबाट आएका र लक्षणको शंका लागेका व्यक्तिहरुको पहिचना गरी उनीहरुको टेष्ट गरेको वडाध्यक्ष मोहन विष्टले जानकारी दिए। ‘काठमाडौँ महानगरपालिका वडा–४ ले जनस्वाथ्य महाशाखाको पहलमा स्वास्थ्य स्वयसेविकाहरुको टोलीलाई घर–घरमा पठाएर बिदेशबाट आएका, सेल्फ क्वारेन्टायन र क्वारेन्टायनमा बसेका, उनीहरुको सम्पर्कमा रहेका र लक्षणको शंका लागेका व्यक्तिहरुको पहिचान गरी विवरण संकलन गरेको थियो,’ उनले भने, ‘यसरी विवरण संकलन गरेका ४६ र वागमती कलेजको क्वारेन्टायनमा बसेका ५ जान गरी ५१ जनाको आज र्यापिट टेष्ट भयो। उहाँहरु सबैको रिर्पोट नेगेटिभ आयो ।’
कोरोना भाइरसको संक्रमणलाई फैलिन नदिन महानगरपालिकाले ०७६ फागुन १८ गतेपछि विदेशबाट आएका १ सय ३६ जनाको विवरण संकलन गरिसकेको छ।
काठमाडौं महानगरपालिकाका प्रमुख बिद्यासुन्दर शाक्यले भने, ‘अब ३२ वटै वडामा र्यापिड टेष्टलाई तिव्र रुपमा अघि बढाउछौँ।’ उनले बिदेशबाट आएका, उनीहरुको सम्पर्कमा रहेका र लक्षणको शंका लागेका व्यक्तिहरुलाई सम्वन्धित वडामा सम्पर्क गर्न पनि अनुरोध गरेका छन्।
महानगरपालिकाले विदेशबाट आएर महानगरपालिकामा बसोवास गर्नेमा सबै भन्दा बढी वडा नम्बर–११ मा रहेको जनाएको छ। जसअनुसार उक्त वडामा २६ जना रहेका छन्।








![डा. देवेन्द्रराज पाण्डेको शव पशुपति आर्यघाटमा [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-1_4e51c4be-1784360418.jpg)


