Kathmandu Press

अध्ययन भन्छ, 'कोरोना २०२२ सम्म अन्त्य भएर २०२४ मा फेरि सुरू हुनसक्छ'

काठमाडौं, चैत ४ः हावर्ड विश्वविद्यायको एक अध्ययन टिमले कोरोना भाइरस सन् २०२४ मा पुन:  ब्यूँतिने देखाएको छ।

अध्ययन अनुसार हाल देखिए....

अध्ययन भन्छ, 'कोरोना २०२२ सम्म अन्त्य भएर २०२४ मा फेरि सुरू हुनसक्छ'

काठमाडौं, चैत ४ः हावर्ड विश्वविद्यायको एक अध्ययन टिमले कोरोना भाइरस सन् २०२४ मा पुन:  ब्यूँतिने देखाएको छ।

अध्ययन अनुसार हाल देखिएको जोखिम न्यूनीकरणका लागि सन् २०२२ सम्म सामाजिक दूरी कायम राख्नुपर्नेछ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मंगलबार केही अमेरिकी राज्यमा अप्रिलको अन्तिमसम्म सामाजिक दूरीलाई अन्त्य गर्न सकिने बताएका थिए।

Hardik ivf

हावर्डका पाँच अनुसन्धाकर्ताले टिएच चेन अफ पब्लिक हेल्थ र जर्न साइन्समा मंगलबार प्रकाशित गरेको प्रतिवेदन अनुसार अहिले देखिएको संक्रमण अन्त्यका लागि आगामी दुई वर्षसम्म सामाजिक दूरी कायम गर्नु पर्नेछ। तर, भाइरसविरुद्धको प्रभावकारी खोप र उपचार उपलब्ध नभए सन् २०२४ को अन्त्यमा भाइरस पुनः व्यूतिने खतरा प्रतिवेदनमा औंल्याइएको छ।

अहिले विश्वभरका देशले सामाजिक र आर्थिक असरका बावजुद कोरोना भाइरस रोकथाम तथा नियन्त्रणको प्रयास स्वरुप बाहिरी गतिविधिमा प्रतिबन्ध लगाएका छन्। यो महामारी दोस्रो विश्वयुद्ध पछिको सबैभन्दा ठूलो सार्वजनिक स्वास्थ्य संकट हो। हाल विश्वभर १ लाख ३० हजार भन्दा बढी मानिसले ज्यान गुमाइसकेका छन् भने २० लाख मानिस संक्रमित बनेका छन्।

अमेरिकामा ६ लाख भन्दा बढी संक्रमित र २६ हजारभन्दा बढी मानिसको मृत्यु भइसकेको छ। यो विश्भरको सबैभन्दा खराब स्थिति हो। कोरोना भाइरस गत डिसेम्बरमा चीनबाट सुरु भएको थियो। विश्व स्वास्थय संगठनले अझै खराब स्थिति आउन सक्ने चेतावनी दिएको छ।

अन्तर्राष्ट्रिय मुद्रा कोषले सन् १९३० को मन्दीपछि कोरोना भाइरसका कारण सबैभन्दा ठूलो मन्दी व्यहोर्नुपर्ने आँकलन गरेको छ। चीनले दुई महिनासम्म लकडाउन गरेर महामारीको सुरुवात भएको वुहानमा सफलता हासिल गरेको छ। अधिकांश चिनियाँ शहरहरुले सामाजिक दूरी कम गरेका छन्। किनकि चीनले महामारी नियन्त्रणमा प्रारम्भिक जितको घोषणा गरेको थियो।

प्रकाशित मिति: १८:१३ बजे, बिहीबार, वैशाख ४, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्