र्यापिड टेष्टमा पोजेटिभ देखिएका व्यक्तिको पीसीआरमा नेगेटिभ रिजल्ट आएको छ: स्वास्थ्य मन्त्रालय
काठमाडौं, वैशाख ४ : सरकारले देशको विभिन्न ठाउँमा कोरोना परीक्षणको लागि थालेको आरडीटी परीक्षणमा कोरोना पोजिटिभ देखिएपनि पीसीआर विधिबाट परीक्षण गर्....

काठमाडौं, वैशाख ४ : सरकारले देशको विभिन्न ठाउँमा कोरोना परीक्षणको लागि थालेको आरडीटी परीक्षणमा कोरोना पोजिटिभ देखिएपनि पीसीआर विधिबाट परीक्षण गर्दा नेगेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बिहीबारसम्म नेपालमा कोरोना संक्रमितको संख्या १६ रहेको बताएका छन्। उनका अनुसार हाल टेकु अस्पतालमा २ जना, पाटन अस्पतालमा २ जना, धौलागिरी अस्पतालमा २ जना, धनगढीको सेती अस्पतालमा ५ जना तथा वीरगन्जको नारायणी अस्पतालमा ४ जना कोरोना संक्रमिको उपचार भइरहेको छ।
बिहीबारसम्म देशभर आरडीटी विधिबाट १२ हजार १ सय ९२ जनाको परीक्षण गरिएको छ भने पीसीआर विधिबाट ७ हजार २ सय ४० नमुना परीक्षण गरिएको छ। त्यस्तै दुवै आरडीटी र पीसीआर विधिबाट १९ हजार ४ सय ३२ वटा परीक्षणहरु भएका छन्।
स्वास्थ्य मन्त्रालयको आजको अपडेटमा आइसोलेसन कक्षमा देशभरी १ सय ३ जना उपचाररत छन्। काठमाडौंमा ८ जना आइसोलेसनमा छन् भने उपत्यका बाहिर ९५ जना रहेका छन्। त्यस्तै क्वारेन्टाइनमा ४ हजार ९ सय १ जना रहेका छन्।








![डा. देवेन्द्रराज पाण्डेको शव पशुपति आर्यघाटमा [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-1_4e51c4be-1784360418.jpg)


