हेटौंडामा र्यापिड टेष्ट गर्दा चार जनामा देखियो एन्टिबडी पोजेटिभ
हेटौंडा, वैशाख ४ : हेटौंडाको वासुदेव सभागृहमा आज गरिएको र्यापिड डायग्नोस्टिक टेस्ट (आरडीटी) टेष्टमा चार जनाको पोजिटिभ देखिएको छ।
४० जना....

हेटौंडा, वैशाख ४ : हेटौंडाको वासुदेव सभागृहमा आज गरिएको र्यापिड डायग्नोस्टिक टेस्ट (आरडीटी) टेष्टमा चार जनाको पोजिटिभ देखिएको छ।
४० जनाको टेस्टमा एक महिला र ३ पुरुषमा रिपोर्ट पोजिटिभ आएको जिल्ला स्वास्थ्य कार्यालय हेटौंडाका प्रमुख प्रणय उपाध्यायले बताए। उनीहरुमध्ये भारत बिहार घर भइ हाल हेटौंडा–४ आफ्न्तमा आएकी ५५ वर्षीय एक महिला, भारत गएर फर्किएका हेटौंडा–२ का ६७ वर्षीय एक वृद्ध, भारत बैंग्लौरबाट फर्किएका हेटौंडा–५ का २४ वर्षीय एक युवक र साउदी अरबबाट फर्किएका ३२ वर्षीय एक युवक रहेका छन्।
उनीहरुको पीसीआर जाँचका लागि हेटौंडा अस्पताल लगिएको छ। उनीहरुको स्वाब किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्रमा रहेको ल्याबमा परीक्षण हुनेछ।
यसैगरी हेटौंडा–१५ मा गरिएको र्यापिड टेस्टमा भने सबैको नेगेटिभ पाइएको छ। र्यापिड टेस्टमा पोजिटिभ पाइएकाहरुका परिवार, नियमित सम्पर्क हुनेहरुको पनि स्वाब संकलनका लागि अस्पताल लगिएको छ। आफूलाई पोजिटिभ देखिएकाहरुले पनि परीक्षणमा सहयोग गरेको उपाध्यायले जानकारी दिए।








![डा. देवेन्द्रराज पाण्डेको शव पशुपति आर्यघाटमा [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-1_4e51c4be-1784360418.jpg)


