Kathmandu Press

डोल्पाकी गर्भवतीको हेलिकोप्टरद्वारा उद्धार

डोल्पा, वैशाख ४ : त्रिपुरासुन्दरी नगरपालिका ७ की २१ वर्षीया गर्भवती विपना रोकायालाई  हवाई उद्धार गरिएको छ।  

सुत्केरी हुन जिल्ला अ....

डोल्पाकी गर्भवतीको हेलिकोप्टरद्वारा उद्धार

डोल्पा, वैशाख ४ : त्रिपुरासुन्दरी नगरपालिका ७ की २१ वर्षीया गर्भवती विपना रोकायालाई  हवाई उद्धार गरिएको छ।  

सुत्केरी हुन जिल्ला अस्पताल आएकी उनको स्वास्थ्यमा जटिलता आएपछि चिकित्सकले प्रदेश अस्पताल सुर्खेत ‘रिफर’ गरेका थिए। चिकित्सकका अनुसार उनको पेटमा नवजात शिशु उल्टो अवस्थामा रहेको बताइएको छ। 

नेपाली सेनाको हेलिकोप्टरद्वारा आज जिल्ला सदरमुकाम दुनैबाट उनलाई उद्धार गरिएको जिल्ला अस्पतालले जनाएको छ। विपनालाई सुत्केरी  गराउन यही वैशाख २ गते जिल्ला अस्पताल  ल्याइएको उनका श्रीमान् लक्ष्मीले जानकारी दिए।

प्रकाशित मिति: १३:२० बजे, बिहीबार, वैशाख ४, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्