आरडिटी परीक्षणमा पोजेटिभ देखिएको चितवनको युवाको पीसीआर परीक्षण गर्दा नेगेटिभ
चितवन, वैशाख ४ : र्यापिड डायग्नोष्टिक परीक्षण (आरडिटी)का क्रममा पोजेटिभ देखिएका पूर्वी चितवनका एक पुरुषको नतिजा नेगेटिभ आएको छ भरतपुर कोभिड....

चितवन, वैशाख ४ : र्यापिड डायग्नोष्टिक परीक्षण (आरडिटी)का क्रममा पोजेटिभ देखिएका पूर्वी चितवनका एक पुरुषको नतिजा नेगेटिभ आएको छ भरतपुर कोभिड–१९ प्रयोगशालामा पिसीआर परीक्षणका क्रममा उनको नतिजा नेगेटिभ आएको भरतपुर अस्पतालका अध्यक्ष डा भोजराज अधिकारीले जनाकारी दिए।
गत चैत ७ गते कोरियाबाट नेपाल आएका उनको रत्ननगरको गुञ्जमान अस्पतालमा गरिएको र्यापिड डायग्नोष्टिक परीक्षणका क्रममा पोजेटिभ देखिएपछि थप परीक्षणका लागि स्वाब कोभिड–१९ प्रयोगशालामा ल्याइएको थियो। सो प्रयोगशालाको नतिजा नेगेटिभ आएको हो।
यस्तै राप्ती नगरपालिकामा चैत ५ गते बेलायतबाट आएकी ६५ वर्षीया महिलामा र्यापिड डायग्नोष्टिक परीक्षणका क्रममा शंका लागेपछि नलाई भरतपुर अस्पतालको आइसोलेसनमा राखी उपचार गरिएको छ। उनीसँगै हङकङ हुँदै आएका दुई छोरालाई पनि अस्पताल ल्याइएको छ। र्यापिड डायग्नोष्टिक परीक्षणका क्रममा छोराहरुको भने नेगेटिभ देखिएको थियो। राप्तीबाट ल्याइएका तीनै जनाको पिसीआर विधिबाट आज परीक्षण गरिने अधिकारीले जानकारी दिए।








![डा. देवेन्द्रराज पाण्डेको शव पशुपति आर्यघाटमा [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-1_4e51c4be-1784360418.jpg)


