Kathmandu Press

दुबईबाट फर्किएका युवकमा देखियाे कोरोनाको एन्टिबडी

झापा, वैशाख ४ : प्रदेश १ मा र्‍यापिड डाइग्नोस्टिक टेस्ट (आरडिटी)  गर्दा दुबईबाट फर्किएका झापाको हल्दिबारी गाउँपालिकाका एक युवकमा कोरोना भाइरस....

दुबईबाट फर्किएका युवकमा देखियाे कोरोनाको एन्टिबडी

झापा, वैशाख ४ : प्रदेश १ मा र्‍यापिड डाइग्नोस्टिक टेस्ट (आरडिटी)  गर्दा दुबईबाट फर्किएका झापाको हल्दिबारी गाउँपालिकाका एक युवकमा कोरोना भाइरसको एन्टिबडी देखिएको छ।

हल्दिबारी गाउँपालिकाका ६१ जनाको बुधबार आरडिटी गरिएको थियो। जसमध्ये हल्दिबारी२ का ३१ वर्षीय युवकमा एन्टीबडी पोजेटिभ देखिएको स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चौलागाईँले बताए।

उनका अनुसार आरडिटीबाट पोजेटिभ देखिएका व्यक्तिसहित उनको परिवारका सात जनाको थ्रोट स्वाब सङ्कलन गरेर प्रयोगशाला (पिसीआर) परीक्षणका लागि विराटनगरस्थित प्रादेशिक अस्पताल पठाइएको छ। हल्दिबारीका अरु १४ जनाको समेत स्वाब परीक्षणका लागि पठाइएको छ।

बुधबारसम्म प्रदेशका विभिन्न जिल्लामा ५५५ जनाको आरडिटी गरिएको छ। हल्दिबारीका एक व्यक्तिमा मात्र एन्टीबडी पोजेटिभ देखिएको हो। अरु सबै नमूनामा नेगेटिभ नतिजा आएको छ।

प्रदेशमा हालसम्म कसैमा पनि कोरोना पोजेटिभ देखिएको छैन। प्रदेशभरिमा २८४ जनाको स्वाबको नमूना सङ्कलन भएकामा १८ जनाको नतिजा आज आउँदैछ। अरु २६६ जनाको परीक्षण नतिजा नेगेटिभ आइसकेको छ।

प्रदेश १ सरकारले समुदायमा छिटो परीक्षणका लागि आरडिटी किट प्रयोगमा ल्याएको छ। किटबाट गरिएको परीक्षणमा शङ्का लागेमा प्रयोगशालामा पिसीआर टेस्ट गराउने व्यवस्था छ। पिसीआर टेस्टलाई मात्र कोरोना पत्ता लगाउने आधिकारिक जाँच मानिएको छ।

झापामा एन्टीबडी पोजेटिभ भेटिएका व्यक्ति चैत ५ गते दुबइबाट घर फर्केका हुन्। उनको स्वास्थ्य अवस्था सामान्य छ। उनी शुरुदेखि नै होम क्वारेन्टाइनमा बसेका छन्।

प्रकाशित मिति: ११:३६ बजे, बिहीबार, वैशाख ४, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्