Kathmandu Press

एशियाली देशको विकास रोकिने मुद्राकोषको प्रक्षेपण

काठमाडौं, वैशाख ४ : अन्तर्राष्ट्रिय मुद्राकोष (आईएमएफ)ले यो वर्ष एशियाली देशको विकास रोकिने बताएको छ। आईएमएफले ६० वर्षको अवधिमा पहिलो पटक एशियाली राष्....

एशियाली देशको विकास रोकिने मुद्राकोषको प्रक्षेपण

काठमाडौं, वैशाख ४ : अन्तर्राष्ट्रिय मुद्राकोष (आईएमएफ)ले यो वर्ष एशियाली देशको विकास रोकिने बताएको छ। आईएमएफले ६० वर्षको अवधिमा पहिलो पटक एशियाली राष्ट्रहरुको विकास रोकिने प्रक्षेपण गरेकाे हाे।

आईएमएफका अनुसार एशियाली देशको विकासमा कमी (पूरै वैश्विक वित्तीय संकटको वार्षिक औसत दर ४.७ प्रतिशत) वा एसियाली वित्तीय संकट १.३ प्रतिशतभन्दा धेरै खराब हुनेछ। यदी कोरोना भाइरस रोक्ने नीति प्रभावकारी भए सन् २०२१ मा पुनः एक पटक एशियाली देशहरुको विकास दरमा उछाल आउने जनाएको छ।

एक दिन अघि मात्रै विश्व बैंकले दक्षिण एशियाली राष्ट्रहरु पछिल्लो ४० वर्षको अवधिमा सबैभन्दा खराब आर्थिक संकटमा गुज्रिने बताएको थियो। विश्व बैंकको प्रक्षेपण आएकाे एक दिनपछि आईएमफले समेत एशियाली राष्ट्रहरुको विकास रोकिने प्रक्षेपण गरेकाे हाे।

प्रकाशित मिति: ११:०३ बजे, बिहीबार, वैशाख ४, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्