खाद्य सामग्री बोकेको ट्याक्टर दुर्घटनामा एकको मृत्यु
काठमाडौं, वैशाख ४ : डोटीको दिपायल सिलगढी नगरपालिका–२ बगर भन्ने ठाउँमा गए राति ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
जि....

काठमाडौं, वैशाख ४ : डोटीको दिपायल सिलगढी नगरपालिका–२ बगर भन्ने ठाउँमा गए राति ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय डोटीका प्रमुख तथा प्रहरी उपरीक्षक दिलीपसिंह देउवाका अनुसार दुर्घटनामा परी सोही वडाका कैलाश बोगटीको आफ्नै ट्याक्टर पल्टिँदा मृत्यु भएको हो ।
खुल्लेकबाट खाद्य सामग्री पुर्याएर दिपायल आउँदै गरेको से२त ३५४३ नंको उक्त ट्याक्टर दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ । दुर्घटनामा परी मृत्यु भएका चालकको शव परीक्षणका लागि जिल्ला अस्पताल ल्याइएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरीक्षक कर्णबहादुर बोहराले जानकारी दिए ।
प्रकाशित मिति: ०८:४८ बजे, बिहीबार, वैशाख ४, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार








![डा. देवेन्द्रराज पाण्डेको शव पशुपति आर्यघाटमा [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-1_4e51c4be-1784360418.jpg)


