Kathmandu Press

अमेरिकामा २४ घण्टामा झण्डै २५ सयको मृत्यु 

काठमाडौं, वैशाख ४ : विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट अमेरिकामा पछिल्लो २४ घण्टामा यो समाचार तयार पार्दासम्म २ हजार ४७० जन....

अमेरिकामा २४ घण्टामा झण्डै २५ सयको मृत्यु 

काठमाडौं, वैशाख ४ : विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट अमेरिकामा पछिल्लो २४ घण्टामा यो समाचार तयार पार्दासम्म २ हजार ४७० जनाले ज्यान गुमाएका छन् ।

मृत्यु हुनेको संख्या २८ हजार ५१५ पुगेको छ । अमेरिकामा एकैदिन ३० हजार १४२ बढीमा संक्रमण देखिएसँगै संक्रमित हुनेको संख्या ६ लाख ४४ हजार २५ पुगेको छ । यस्तै संक्रमितमध्ये ४८ जार ६७९ जना उपचारपछि निको भएका छन् ।

१३ हजार ४७८ जनाको अवस्था गम्भीर रहेको छ । ५ लाख ६६ हजार ८२९ जना उपचाररत छन् । चीनको वुहानबाट शुरु भएको कोरोना संक्रमणको दर यूरोपियन मुलुक हुँदै पछिल्लो समय अमेरिकामा तीव्र देखिएको हो ।

प्रकाशित मिति: ०६:३९ बजे, बिहीबार, वैशाख ४, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्