Kathmandu Press

फ्रान्समा कोरोना संक्रमण तीव्र, हिजोको तुलनामा दोब्बर मृत्यु 

काठमाडौं, वैशाख ४ : विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण फ्रान्समा पनि तीव्र देखिएको छ ।

फ्रान्समा पछिल्लो २४ घण्टामा ....

फ्रान्समा कोरोना संक्रमण तीव्र, हिजोको तुलनामा दोब्बर मृत्यु 

काठमाडौं, वैशाख ४ : विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण फ्रान्समा पनि तीव्र देखिएको छ ।

फ्रान्समा पछिल्लो २४ घण्टामा १ हजार ४३८ जनाले ज्यान गुमाएका छन् । यो हिजोको तुलनामा झण्डै दोब्बर हो । हिजो ७६२ जनाले ज्यान गुमाएका थिए । एकैदिन १ हजार ४३८ जनाले ज्यान गुमाएसँगै मृत्यु हुनेको संख्या १७ हजार १६७ पुगेको छ ।

फ्रान्समा संक्रमितमध्ये ३० हजार ९९५ जना उपचारपछि निको भएका छन् । ६ हजार ४५७ जनाको अवस्था गम्भीर रहेको छ भने ९९ हजार ७४१जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।


 

प्रकाशित मिति: ०६:३३ बजे, बिहीबार, वैशाख ४, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्