Kathmandu Press

कोरोना भाइरस लकडाउनले भारतमा ६ करोड कछुवाले दिए अण्डा

कोरोना भाइरसको महामारी फैलिँदै गएपछि संसारभरि सामाजिक दूरी कायम गरिएको छ। सबैजना सकेसम्म घरभित्रै बसेका छन्। 

व्यापार बन्द छ र अरू बेलाजस्तो भेला हुन पा....

कोरोना भाइरस लकडाउनले भारतमा ६ करोड कछुवाले दिए अण्डा

कोरोना भाइरसको महामारी फैलिँदै गएपछि संसारभरि सामाजिक दूरी कायम गरिएको छ। सबैजना सकेसम्म घरभित्रै बसेका छन्। 

व्यापार बन्द छ र अरू बेलाजस्तो भेला हुन पाइँदैन।  कोरोनाको महाव्याधि गम्भीर र खतरनाक भए पनि प्रकृति र पशुलाई केही फाइदा भइरहेको देखिन्छ। प्रदुषण घटेको छ। पशु अलि खुला र स्वतन्त्र रूपमा बाँचिरहेका छन्।

सि टर्टल वा सुमुद्री कछुवा मानवीय गतिविधिले खतरामा रहेको लोपोन्मुख प्रजाति हो। यसका अधिकांश प्रजातिलाई लोपोन्मुख प्रजातिमा राखिएको छ। 

अण्डा, मासु, छाला र खोलका लागि समुद्री कछुवा मार्ने गरिन्छ। आवासको क्षति र प्लास्टिकको प्रदुषणबाट पनि उत्तिकै पीडित छन्। समुद्रामा त्यतिकै छाडिएका फिसिङ गियरमा अल्झिएर पनि मर्ने गरेका छन्।

केही महिनाअघि समुद्री कछुवाका धेरै बच्चालाई जलाएर मारियो। अर्को घटनामा मानिसहरू एउटा कछुवामा चढेर आनन्द लिइरहेका थिए।  पूर्वी भारतमा समुद्री कछुवा समुद्रको किनारमा शान्तिपूर्वक हिँडडुल गरिरहेका छन्। 

मानिसको बाधा छैन। प्रदुषण पनि कम छ। यसले सुरक्षित रूपमा प्रजनन बढाएको छ। सि भ्वाइस न्यूजले जनाए अनुसार बन्दाबन्दीले करिब ६ करोड कछुवा जन्मिने अनुमान छ। लोपोन्मुख समुद्री कछुवाका लागि यो सुखद समाचार हो। 
वान ग्रीन प्लानेट 

प्रकाशित मिति: ०६:४३ बजे, बिहीबार, वैशाख ४, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्