आन्तरिक उडानमा वैशाख १८ गतेसम्म प्रतिबन्ध
काठमाडौं, वैशाख ३ : सरकारले आन्तरिक उडानमा लगाएको प्रतिबन्ध पनि थप गरेको छ।
उच्चस्तरीय समन्वय समितिको बैठकले बुधबार बसेको बैठकले....

काठमाडौं, वैशाख ३ : सरकारले आन्तरिक उडानमा लगाएको प्रतिबन्ध पनि थप गरेको छ।
उच्चस्तरीय समन्वय समितिको बैठकले बुधबार बसेको बैठकले आन्तरिक उडानमा वैशाख १८ सम्मका लागि प्रतिबन्ध लगाउने निर्णय गरेको हो। यसअघि सरकारले वैशाख ३ गतेसम्मका लागि आन्तरिक उडानमा प्रतिबन्ध लगाएको थियो।
‘आन्तरिक उडानमा अप्रिल १५ सम्म प्रतिबन्ध लगाइएको थियो। अब त्यसलाई १५ दिन थप गरेर अप्रिल ३० अर्थात वैशाख १८ सम्मका लागि पु¥याउने निर्णय भएको छ,’ बैठकपछि प्रधानमन्त्री कार्यालयका सचिव नारायण विडारीले भने।
सरकारले अन्तराष्ट्रिय उडानमा पनि वैशाख १८ गतेसम्मका लागि प्रतिबन्ध लगाउने यसअघि नै निर्णय गरिसकेको छ।
प्रकाशित मिति: २०:०४ बजे, बुधबार, वैशाख ३, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











