Kathmandu Press

विमानस्थल भन्सार कार्यालयका नासुविरूद्ध दुई करोडको भ्रष्टाचार मुद्दा

काठमाडौं, वैशाख ३ : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्रिभुवन विमानस्थल भन्सार कार्यालयका एक्सरे टेक्निसियन (नायव सुब्बा) राजकुमार ढकालविरुद्ध ....

विमानस्थल भन्सार कार्यालयका नासुविरूद्ध दुई करोडको भ्रष्टाचार मुद्दा

काठमाडौं, वैशाख ३ : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्रिभुवन विमानस्थल भन्सार कार्यालयका एक्सरे टेक्निसियन (नायव सुब्बा) राजकुमार ढकालविरुद्ध दुई करोड बढीको बिगोसहित विशेष अदातमा मुद्दा दायर गरेको छ। 

आयभन्दा व्यय बढी भएको र सम्पत्ति विवरण अनुसार आर्थिक हैसियत अस्वभाविक तथा अमिल्दो देखिएको भन्दै अख्तियारले बुधबार ढकालविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको हो। उनले विभिन्न बैँक खाताबाट अस्वभाविक रुपमा आयस्रोतभन्दा बढी रकम चेकमार्फत सापटी दिएको देखिएको अभियोग पत्रमा उल्लेख छ। 

Hardik ivf

ढकालको दुई करोड दुई हजार आठ सय ८६ रुपैयाँ बराबरको सम्पत्तिको वैद्य स्रोत खुल्न नसकेको हो। उनले गैरकानूनी रुपमा सम्पत्ति आर्जन गरी आफ्नो, श्रीमती निरजरा घिमिरे र राममणि लामिछानेका नाममा चलअचल सम्पत्ति लुकाएर राखेको पुष्टि भएको अख्तियारले जनाएको छ।  

ढकालकी श्रीमती निरजराका नाममा घरजग्गा खरिद, बैंक खातामा रकम मौज्दात रहेको तथा खर्च गरेको पाइएको अख्तियारले जनाएको छ।

यस्तै, अख्तियारले मेची भन्सार कार्यालय काँकडभिट्टा झापाका तत्कालीन भन्सार अधिकृत मनोजकुमार विकसहित ५ जनाविरुद्ध पनि भ्रष्टाचार मुद्दा दायर गरेको छ। अख्तियारले उनीहरुविरुद्ध ५५ लाख १० हजार ५९६ रुपैयाँ बिगो कायम गरी भ्रष्टाचार मुद्दा दायर गरेको हो।  

मेची भन्सार कार्यालय, झापाको प्रज्ञापनपत्र नम्बर २८२४८ बाट सागर एण्ड साधना विजनेश प्रा।लि।ले मालवस्तु आयात गर्दा एउटा सामानलाई अर्कै सामान भनी गलत घोषणा गरेको र ती सामानलाई मेची भन्सार कार्यालयका कर्मचारीको संलग्नतामा मूल्यांकन तथा जाँचपास गरेको अभियोग छ। 

भन्सार जाँचपास भएका मालवस्तु ट्रायक सुट, हाफ भेष्ट, ज्याकेट, ल्याट सोल जुत्ता, स्पोर्टस जुत्ता र पीक्याप लगायतका मालवस्तुको स्पेशिफिकेशन नलिएको, सबै ब्राण्डेड कम्पनीको लोगो स्पष्ट देखिँदा पनि चेकजाँच नगरी पैठारीकर्ता तथा भन्सार एजेन्टसँग मिलेमतो गरेको अख्तियारले जनाएको छ। उनीहरुले सो रकम बराबर राजश्व रकम लिनुपर्नेमा न्यून मूल्यांकन गरी १० लाख २९ हजार ४१० रुपैयाँ मात्रै भन्सार महसुल र भ्याट लिएको अख्तियारले जनाएको छ।

अख्तियारले सागर एण्ड साधना विजनेश प्रा.लि. का संचालक लीलाबहादुर घिमिरे, गंगाबहादुर घिमिरे तथा भन्सार एजेन्ट दीपेन्द्रराज पाण्डे, भन्सार विन्दुमा मालवस्तुको भौतिक परीक्षणका लागि खटिएका भन्सार अधिकृत मनोज कुमार विक र जाँचकी नासु सनद खतिवडाले एकापसमा मिलेमतो गरी बदनियतपूर्वक भन्सार प्रज्ञानपत्रमा मालवस्तुको गलत घोषणा गरी गराएको भन्दै भ्रष्टाचार मुद्दा दायर गरेको हो।

प्रकाशित मिति: १९:०६ बजे, बुधबार, वैशाख ३, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्