भावविह्वल बन्यो टुँडिखेल
काठमाडौं, फागुन १७ : टुँडिखेल भावविह्वल बनेको छ । सर्वसाधारणदेखि विशिष्टव्यक्तिसमेत आँखा पुछ्दै टुँडिखेलबाट बाहिर–भित्र गरिरहेका छन् ।
काठमाडौं, फागुन १७ : टुँडिखेल भावविह्वल बनेको छ । सर्वसाधारणदेखि विशिष्टव्यक्तिसमेत आँखा पुछ्दै टुँडिखेलबाट बाहिर–भित्र गरिरहेका छन् ।
ताप्लेजुङ हेलिकप्टर दुर्घटनामा मृत्यु भएका पर्यटनमन्त्री रवीन्द्र अधिकारीसहित सातै जनाको शव आज बिहान टुँडिखेलमा राखिएको हो । राष्ट्रिय सम्मानका साथ श्रद्धाञ्जलि अर्पण गर्न राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुनसहित विशष्टव्यक्तिहरू उपस्थित भएका हुन् ।
त्यस्तै, राजनीतिक दलका नेता, कार्यकर्ता, सुरक्षाकर्मी, सरकारी कर्मचारी, उद्योगी, व्यवसायी तथा सर्वसाधारण श्रद्धाञ्जलि अर्पण गर्न टुँडिखेल पुगेका छन् । टुँडिखेल पुगेका आफन्तहरूको रुवाबासीले सबैलाई भावविह्वल बनाएको छ ।
बुधबार बिहान साढे ८ बजे काठमाडौंबाट तेह्रथुमको चुहानडाँडामा विमानस्थलको सम्भाव्यता अध्ययनका लागि गएको मन्त्री अधिकारीसहितको टोली कार्यक्रम सकेर पाथीभरा पुगेको थियो । पाथीभराबाट काठमाडौं फर्किने क्रममा बुधबार दिउसो १ः३० बजे ताप्लेजुङको दारेभीरमा हेलिकप्टर दुर्घटना भएको थियो ।
हेलिकप्टर दुर्घटनामा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री अधिकारी, यति एयरलाइन्सका प्रबन्ध निर्देशक आङछिरिङ शेर्पा, नेपाल नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक वीरेन्द्रप्रसाद श्रेष्ठ र निर्देशक धु्रव भोछिभोया, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका उपसचिव युवराज दाहाल, हेलिकप्टरका क्याप्टेन प्रभाकर केसी र मन्त्री अधिकारीका अंगरक्षक अर्जुनकुमार घिमिरेको मृत्यु भएको थियो ।






