Kathmandu Press

चितवनका एक युवामा आरडिटी परीक्षणको रिपोर्ट पोजेटिभ

चितवन, वैशाख ३ :  चितवनको रत्ननगर– १४ पिठुवास्थित गुञ्जमान सिंह अस्पतालमा गरिएको र्‍यापिड टेस्टमा एक युवाको रिपोर्ट पोजेटिभ आएको छ। दक्....

चितवनका एक युवामा आरडिटी परीक्षणको रिपोर्ट पोजेटिभ

चितवन, वैशाख ३ :  चितवनको रत्ननगर– १४ पिठुवास्थित गुञ्जमान सिंह अस्पतालमा गरिएको र्‍यापिड टेस्टमा एक युवाको रिपोर्ट पोजेटिभ आएको छ। दक्षिण कोरियाबाट आएका ३९ वर्षीय युवामा आरडिटी परीक्षणको क्रममा कोरोना पोजेटिभ देखिएको अस्पतालले जनाएको छ।

 अस्पतालका अनुसार ती युवाको र्‍यापिड टेस्टमा पोजेटिभ देखिएपछि स्वाब परीक्षणको लागि भरतपुरस्थित प्रयोगशालामा ल्याइएको छ।

फागुन २० गते कोरियाबाट नेपाल आएका ती युवा १५ दिन होम क्वारेन्टाइनमा बसेको बताइएको छ । स्वाब परीक्षणको रिपोर्ट आजै साँझसम्ममा आउने अस्पतालले जनाएको छ।

प्रकाशित मिति: १८:१० बजे, बुधबार, वैशाख ३, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्