Kathmandu Press

बढी मूल्यमा सामान बिक्री गरेपछि बुद्धबजारलाई दुई लाख रुपैयाँ जरिवाना

काठमाडौं, वैशाख ३ : तोकिएभन्दा बढी मूल्य लिई उपभोग्य सामग्री बिक्री गरेको पाइएपछि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले राजधानीको स्वयम्भूस्थि....

बढी मूल्यमा सामान बिक्री गरेपछि बुद्धबजारलाई दुई लाख रुपैयाँ जरिवाना

काठमाडौं, वैशाख ३ : तोकिएभन्दा बढी मूल्य लिई उपभोग्य सामग्री बिक्री गरेको पाइएपछि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले राजधानीको स्वयम्भूस्थित बुद्ध बजार प्रालिलाई कारवाही गरेको छ।

नियमित अनुगमनका क्रममा सो प्रालिले उपभोग्य सामान एमआरपीभन्दा बढी मूल्यमा बिक्री गरेको पाइएकाले उपभोक्ता संरक्षण ऐनअनुसार तत्कालै दुई लाख रुपैयाँ जरिवाना गरिएको विभागले जनाएको छ। विभागले लकडाउनका समयमा उपभोक्ता ठगिने सम्भावना उच्च रहेको भन्दै अनुगमनलाई तीव्रता दिँदै आएको छ।

प्रकाशित मिति: १७:३४ बजे, बुधबार, वैशाख ३, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्