Kathmandu Press

माछापुच्छ्रे बैंकले मनायो २४औं वार्षिकोत्सव

‘उत्सव र सहयोग’ भन्ने नाराका साथ देशभर रहेका विभिन्न शाखाहरू मार्फत संस्थागत सामाजिक उत्तरदायित्व अन्र्तगत सहयोगका कार्यक्रमहरू समेत सञ्चालन गरिरहेको छ। 
माछापुच्छ्रे बैंकले मनायो २४औं वार्षिकोत्सव

काठमाडौं, असोज १८ : माछापुच्छ्रे बैंक लिमिटेडले आफ्नो २४औं वार्षिकोेत्सव मनाएको छ। बैंकले विविध सामाजिक उत्तरदायित्वका कार्यक्रमहरू गर्दै २४औं वार्षिकोत्सव मनाइरहेको छ। 

‘उत्सव र सहयोग’ भन्ने नाराका साथ बैंकले असोज महिनालाई वार्षिकोसत्व अभियानको रुपमा लिएको छ। यसैअवसरमा बैंकले शुक्रबार केन्द्रिय कार्यालय तथा बैंकका सम्पूर्ण शाखा कार्यालयहरूमा केक काटेर वार्षिकोत्सव मनाएको छ। 

हरेक वर्ष असोज १७ गतेलाई वार्षिकोत्सव मनाउँदै आएको बैंकले यसवर्ष वार्षिकोत्सवको अवसरमा आफ्ना ग्राहकहरूलाई विभिन्न प्रकारका विशेष सुविधाहरू प्रदान गर्दै आएको छ। यस्तै, ‘उत्सव र सहयोग’ भन्ने नाराका साथ देशभर रहेका विभिन्न शाखाहरू मार्फत संस्थागत सामाजिक उत्तरदायित्व अन्र्तगत सहयोगका कार्यक्रमहरू समेत सञ्चालन गरिरहेको छ। 

Hardik ivf

जसअन्तर्गत बैंकले वृद्धाश्रम तथा बालमन्दिरहरूमा सहयोग, वृक्षरोपण, वित्तीय साक्षरता प्रवद्र्धन कार्यक्रम जस्ता सामाजिक उत्तरदायित्वमा केन्द्रित गतिविधिहरू सञ्चालन गरिरहेको छ। 

केही दिन अगाडी मात्रै आएको बाढी पहिरोमा परी विस्थापित भएका काभ्रेको रोशी गाउपालिका १ र २ का बाढी–पहिरो पिडित घरपरिवारलाई २ सय थान ब्लाङ्केट प्रदान गरेको छ। बाढी–पहिरोका कारण विभिन्न स्थानहरुमा बाटो अवरुद्ध हुँदा बैंकले उक्त ब्लाङ्केटहरू रोशी गाँउपालिकाका अध्यक्ष दिनेश लामालाई हस्तान्तरण गरेको हो। 

image002-1728056122.jpg

यस्तै, बैंक आफ्ना विभिन्न शाखाहरू मार्फत स्थानीय तहमा आवश्यक विभिन्न सामाजिक कार्यमा सहभागी हुँदै आएको छ। 

यसैगरी बैंकले २४औ वार्षिकोत्सवको अवसरमा ग्राहक लक्षित विभिन्न अफरहरू पनि ल्याएको छ। बैंकले असोज १ देखि ३० गतेसम्म बैंकको मोबाइल बैंकिङ ‘एबिएल एम स्मार्ट’ एप, डेबिट कार्ड, क्रेडिट कार्ड, डलर क्रेडिट तथा डलर प्रिपेड कार्डमा विशेष छुटको योजना पनि ल्याएको छ। 

ग्राहकले डेबिट कार्ड लिँदा पहिलो वर्षको जारी शुल्कमा शतप्रतिशत छुट र त्यसपछिको दुई वर्षसम्म नवीकरण शुल्कमा शतप्रतिशत छुट पाउने छन्। 

वािर्षकोत्सवकै अवसरमा बैंकले क्रेडिट कार्डमा सदस्यता तथा जारी शुल्कमा आकर्षक प्याकेज बनाई पाँच वर्ष अवधिको लागि एकमुष्ट २ हजार ४ सय मात्रमा प्रदान गरिरहेको छ। बैंकले मोबाइल बैंकिङ, ‘एबिएल एम स्मार्ट’ सेवाको सदस्यता शुल्कमा वार्षिक ५०% सम्मको छुट, डलर क्रेडिट कार्ड र डलर प्रिपेड कार्ड जारी गर्दा जारी शुल्कमा पहिलो वर्ष २४% सम्मको छुट दिइरहेको छ। 

बैंकल देशभरका १६५ शाखा कार्यालयहरू, २०१ एटिएम, १११ शाखारहित बैंकिङ सेवा, १२ एक्सटेन्सन काउण्टरमार्फत १६ लाखभन्दा बढी ग्राहकलाई सेवा प्रदान गरिरहेको छ। बैंकले आगामी दिनहरूमा अझ प्रभावकारी र दिगो कार्यक्रमहरू सञ्चालन गर्दै, सामाजिक उत्तरदायित्वका अभियानहरूलाई थप प्रोत्साहन गर्ने प्रतिबद्धता व्यक्त गरेको छ। 

प्रकाशित मिति: २१:२० बजे, शुक्रबार, असोज १८, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्