Kathmandu Press

अन्सारीको दुई महिनाको तलब कोरोना राहत कोषमा 

काठमाडौं, वैशाख ३ : राष्ट्रिय मानवअधिकार आयोगकी आयुक्त मोहना अन्सारीले दुई महिनाको तलब सरकारले गठन गरेको कोरोना रोकथाम तथा नियन्त्रण कोषमा जम्मा ....

अन्सारीको दुई महिनाको तलब कोरोना राहत कोषमा 

काठमाडौं, वैशाख ३ : राष्ट्रिय मानवअधिकार आयोगकी आयुक्त मोहना अन्सारीले दुई महिनाको तलब सरकारले गठन गरेको कोरोना रोकथाम तथा नियन्त्रण कोषमा जम्मा गरेकी छन्। उनले गत चैत  र वैशाखको गरि एक लाख ४४ हजार रुपैयाँ कोषमा जम्मा गरेकी हुन्।

उनले संकटको यस घडीमा धर्म, जाति, समुदाय, राजनीति र स्वार्थको संकीर्ण घेरा भन्दा माथि उठेर मानवता र सहयोगको भावना उच्च राख्न पनि आग्रह गरेकी छन्।

त्यस्तै, आयुक्त अन्सारीले कोरोना रोकथामको प्रयासका लागि लकडाउनको पूर्ण पालना गर्न र बाहिर निस्कनै परे सामाजिक दूरी कायम गर्न भनेकी छन्।

उनले असहाय, विपन्न, मजदूर, महिला, बालबालिका, बिरामीलगायतलाई यथासम्भव सहयोग गर्न अग्रह गरेकी छन् । उनले घोषित रकम राष्ट्रिय वाणिज्य बैंकमा रहेको कोषको खातामा जम्मा गरेकी हुन्।

प्रकाशित मिति: १५:५५ बजे, बुधबार, वैशाख ३, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्