Kathmandu Press

क्यानडाले जित्यो त्रिकोणात्मक टि–२० सिरिज

बिहीबार राति भएको सिरिजको अन्तिम खेलमा ओमानलाई ५ विकेटले पराजित गर्दै क्यानडाले सिरिज जितेको हो। 
क्यानडाले जित्यो त्रिकोणात्मक टि–२० सिरिज

काठमाडाैं, असाेज १८ : नेपाल, क्यानडा र ओमानबीचको त्रिकोणात्मक टि–२० सिरिजको उपाधि घरेलु टोली क्यानडाले जितेको छ। बिहीबार राति भएको सिरिजको अन्तिम खेलमा ओमानलाई ५ विकेटले पराजित गर्दै क्यानडाले सिरिज जितेको हो। 

त्रिकोणात्मक सिरिजमा क्यानडा ३ जितसहित ६ अंक जोड्दै शीर्ष स्थानमा रह्यो। सिरिजमा ऊ ओमानसँग पहिलो खेलमा पराजित भएको थियो। यता, नेपाल भने २ जितसहित दोस्रो स्थानमा रह्यो। नेपालले दुवै खेलमा ओमानलाई हरायो भने क्यानडासँग दुवै खेलमा पराजित भयो। ओमानको २ अंक मात्र रह्यो।

ओमानले दिएको ८३ रनको झिनो लक्ष्य क्यानडाले १४.१ ओभरमा पाँच विकेट गुमाउँदै भेट्टायो। क्यानडाका लागि कप्तान निकलोस क्रिटोनले सर्वाधिक २० रन बनाउँदा हर्ष ठाकरले १८ रन बनाए। ओमानका अकिब इलियासल र कालिमउल्लाहले समान २ विकेट लिए भने जिसन मक्सुदले १ विकेट लिए।

त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको ओमान १९.४ ओभरमा ८२ मै अलआउट भयो। उसका लागि कप्तान अकिब इलियासले सर्वाधिक ३५ रन बनाए। उनले ४४ बलमा तीन चौका र एक छक्का प्रहार गरे। यस्तै, शाकिल अहमदले १८ रन बनाउनु बाहेक अन्य खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन्।

ओमानलाई सस्तैमा समेट्ने क्रममा क्यानडाका अखिल कुमार र प्रभिन कुमारले समान ३ विकेट लिए भने हर्ष ठाकरले २ विकेट लिए।

प्रकाशित मिति: ०९:४८ बजे, शुक्रबार, असोज १८, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्