Kathmandu Press

अब नेपालमै ब्युटी एण्ड कस्मेटोलोजी पढ्न पाइने

नेपालमै पहिलोपटक ब्युटी एण्ड कस्मेटोलोजी कार्यक्रम सञ्चालन हुने भएको छ ।
अब नेपालमै ब्युटी एण्ड कस्मेटोलोजी पढ्न पाइने

काठमाडौं, असोज १७ । नेपालमै पहिलोपटक ब्युटी एण्ड कस्मेटोलोजी कार्यक्रम सञ्चालन हुने भएको छ।

नेपालमा नै सिटिइभिटीले पहिलो पटक सञ्चालन गर्न लागेको ३ वर्षे डिप्लोमा तहको कार्यक्रम ब्युटी एण्ड कस्मेटोलोजीको बारेमा सम्पुर्ण जानकारी गराउने हिसाबले पोखरामा आगामी शनिबार सिटिइभिटी, सौन्दर्यकर्मी तथा सरोकारवालाहरुबीच अन्तरक्रिया कार्यक्रम आयोजना गर्न लागिएको हो ।

गण्डकी टेक्निकल ईन्स्टिच्युट पोखराले गुरुङ ब्युटी एकेडेमी तथा सिटिइभिटीको सहकार्यमा उक्त कार्यक्रममा आयोजना गर्न लागेको हो।

कार्यक्रममा सिटिभिटीका निर्देशक टैलेन्द्र आचार्य, सिटिइभिटी क्षेत्रीय निर्देशक कल्प कुमार बस्नेत, बरिष्ठ सौन्दर्य कर्मी चिनु गुरुङ, पबित्रा घिमिरे, विभिन्न संघ सस्थाका प्रतिनिधिहरु तथा पोखराका विभिन्न सौन्दर्य कर्मीहरु, सन्चारकर्मी तथा सरोकार वालाहरुको उपस्थितीमा कार्यक्रम सन्चाल्न हुने सस्थाका प्राचार्य राम पौडेलले जानकारी दिए।

यो विषय अध्ययनकै लागि प्रवास जानुपर्ने बाध्यता रहँदै आएतापनि नेपालमै पहिलो पटक पोखरामा सञ्चालन हुने भएपछि विधार्थीहरुलाई सहज हुने भएको छ । अब नेपालमै  १२ कक्षा सरहको ३ बर्षे डिप्लोमा कोर्स अध्ययन गरिसकेपछि नेपालममै स्वरोजगार बन्न सक्ने सस्थाका अध्यक्ष ध्रुब शर्माले जानकारी दिए।

प्रकाशित मिति: १९:३६ बजे, बिहीबार, असोज १७, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्