Kathmandu Press

कोरोनाको संक्रमण रोक्न भारतीय सीमामा थप कडाइ गरियोस्: राजपा नेपाल

काठमाडौं, वैशाख ३ : राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि भारतीय सीमा नाकामा थप कडाइ गर्न सरकारसँग आग्रह ....

कोरोनाको संक्रमण रोक्न भारतीय सीमामा थप कडाइ गरियोस्: राजपा नेपाल

काठमाडौं, वैशाख ३ : राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि भारतीय सीमा नाकामा थप कडाइ गर्न सरकारसँग आग्रह गरेको छ। 

पार्टीका संयोजक शरतसिंह भण्डारीले बुधबार विज्ञप्ति जारी गरी छिमेकी मुलुकहरूमा कोरोना भाइरसको संक्रमण तीव्र गतिमा बढिरहेकाले खुला सीमानामा निगरानी बढाउन सरकारलाई आग्रह गरेका हुन्।

राजपाले खुल्ला सीमानाबाट नेपाल प्रवेश रोक्न प्रयाप्त संख्यामा  सुरक्षाकर्मी परिचालन गरेर आवत जावतलाई कडाइ गर्न भनेको छ। वैशाख १५ गते सम्म लकडाउन कायम राख्ने सरकारको निर्णय स्वागतयोग्य भन्दै राजपाले लकडाउनलाई अझ प्रभावकारी बनाउने तर्फ ध्यान दिन आग्रह पनि गरेको छ।

 राजपाले उपत्यका लगायत देशका विभिन्न भू-भागमा फसेका नागरिकहरु खान र बस्नका लागि वडा तहबाटै व्यवस्था मिलाउन आग्रह गरेको छ।

संयोजक भण्डारीले कोरोनाका संक्रमितको संख्या बढे पनि स्वास्थ्यकर्मीहरुले अझै पनि स्वास्थ सामग्रीहरु पाउन नसकेकाले तत्काल आवश्यक सामग्रीहरु उपलब्ध गराउन सरकारलाई आग्रह गरेका छन्।
 

प्रकाशित मिति: १५:४५ बजे, बुधबार, वैशाख ३, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्