पूर्वराजा ज्ञानेन्द्र भुटान भ्रमणमा
पूर्वराजा ज्ञानेन्द्र शाह परिवारका सदस्यसहित भुटान भ्रमणका क्रममा थिम्पु पुगेका छन् ।
काठमाडौं, असोज १७ । पूर्वराजा ज्ञानेन्द्र शाह परिवारका सदस्यसहित भुटान भ्रमणका क्रममा थिम्पु पुगेका छन् ।
शाह निजी भ्रमणका लागि भुटान एयरलाईन्सको जहाजमार्फत विहीबार भुटानको थिम्पु पुगेका हुन् । शाहसँगै उनकी छोरी प्रेरणा, परिवारका सदस्यहरु शिताष्मा शाह, राजेश सिंह र स्वकीय सचिव सागर तिमल्सिना पनि भुटान भ्रमणमा छन् ।
भुटानको राजधानी थिम्पु पुग्दा भुटानी राजकुमारीले शाह परिवारलाई स्वागत गरेकी छन् ।
भुटानमा रहँदा शाहले धार्मिक स्थलको भ्रमण गर्ने र विभिन्न व्यक्तित्वहरुसँग भेटघाट गर्ने जनाइएको छ । शाह असोज २० गते आइतबार स्वदेश फर्कने जनाइएको छ ।
प्रकाशित मिति: १७:१७ बजे, बिहीबार, असोज १७, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार












