सेवा प्रवाह र राजश्व वृद्धिमा ध्यान दिन कर्णालीका वनमन्त्रीकाे निर्देशन
‘भवन सुविधा सम्पन्न बनेको छ,’ उनले भने, ‘अब यहाँबाट प्रभावकारी सेवा प्रवाह गर्नुस् र राजश्व वृद्धि हुने क्रियाकलापमा जोड दिनुस्।”
सुर्खेत असोज १७ : कर्णाली प्रदेश उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री सुरेश अधिकारीले प्रभावकारी सेवा प्रवाह तथा राजश्व वृद्धिमा ध्यान दिन कर्मचारीलाई निर्देशन दिएका छन्।
आज डिभिजन वन कार्यालय सुर्खेतको वीरेन्द्रनगरस्थित नवनिर्मित भवन उद्घाटन कार्यक्रममा बोल्दै मन्त्री अधिकारीले कर्णाली प्रदेशमा राजश्व सङ्कलनको मुख्य आधार उद्योग, पर्यटन र वन क्षेत्र भएको बताए।
‘भवन सुविधा सम्पन्न बनेको छ,’ उनले भने, ‘अब यहाँबाट प्रभावकारी सेवा प्रवाह गर्नुस् र राजश्व वृद्धि हुने क्रियाकलापमा जोड दिनुस्।”
कर्णालीमा धेरै ठूलो उद्योग नभएपनि पर्यटन, जडीबुटी र वन राजश्व सङ्कलनको मुख्य स्रोत भएको मन्त्री अधिकारीको भनाइ छ।
डिभिजन वन कार्यालय सुर्खेतका डिभिजन वन अधिकृत बसन्तबाबु श्रेष्ठले नवनिर्मित भवन प्रदेश सरकारको आफ्नै बजेटमा भ्याटसहित दुई करोड १७ लाखमा निर्माण भएको जानकारी दिए।








-along-with-other-dignitaries-jointly-launch-Nepathya's-ticket-n-tshirt-for-Gangtok-show-1786959726.jpg)


