एसिया रग्बीको तयारी पुरा, दशरथ रंगशालामा एकैदिन ३० खेल हुने
२ दिन चल्ने प्रतियाेगितामा पुरूषतर्फ १४ र महिलातर्फ ६ टोली सहभागी हुनेछन् ।
काठमाडौं, असोज १७ : त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा रग्बी प्रतियोगिता आयोजना हुँदैछ। एसिया रग्बी इमिरेट्स ट्रफी २०२४ नाम दिइएको प्रतियोगिता शुक्रबार र शनिबार आयोजना हुनेछ।
प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भएको आयोजक नेपाल रग्बी संघले जनाएको छ ।
प्रतियोगितामा एसियाका १६ राष्ट्रले प्रतिस्पर्धा गर्नेछन्। जसमा पुरूषतर्फ १४ र महिलातर्फ सात टोली सहभागी हुनेछन् इरानको महिला टोली बुधबार आउने तय थियो। तर, अन्तिम समयमा इरान नआउने भएको छ।
मैदानको खराब अवस्थापछि फुटबल हुन नसकिरहेको रंगशालामा रग्बी हुन लागेको हो। यसको आलोचना भइरहेको छ। रंगशालामा एकैदिन रग्बीका ३० खेल हुनेछन्। त्यसले रंगशाला थप बिग्रने चिन्ता व्यक्त गरिएको छ।
एसियाका ४५० भन्दा धेरै खेलाडी तथा अफिसियलहरुले सहभागी जनाउने यस अन्तराष्ट्रिय प्रतियोगिताले नेपालमा खेल पर्यटन प्रवर्द्धन हुनेमा नेपाल रग्बी संघको विश्वास छ ।
यस प्रतियोगितामा करीव २ करोड १० लाख लागत लाग्ने अनुमान गरिएको संघले जानकारी दिएको ।








-along-with-other-dignitaries-jointly-launch-Nepathya's-ticket-n-tshirt-for-Gangtok-show-1786959726.jpg)


