Kathmandu Press

सर्वोच्च अदालतमा प्रधानन्यायाधीश श्रेष्ठको बिदाइ 

 प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ बुधबारदेखि सर्वोच्च अदालतबाट बिदा भएका छन् ।
सर्वोच्च अदालतमा प्रधानन्यायाधीश श्रेष्ठको बिदाइ 

काठमाडौं, असोज १६ । प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ बुधबारदेखि सर्वोच्च अदालतबाट बिदा भएका छन् ।

श्रेष्ठ ६५ वर्षे उमेर हदका कारण असोज २० गतेदेखि अनिवार्य अवकाशमा जाने भए पनि अदालतहरूमा घटनास्थापनादेखि नै दशैं बिदा हुने भएकाले आजैदेखि विदा भएका हुन् । श्रेष्ठलाई सर्वोच्चका न्यायाधीश तथा कर्मचारीहरूले विशेष कार्यक्रम गरी बिदाइ गरेका थिए ।

Hardik ivf

श्रेष्ठले १३ महिना प्रधानन्यायाधीशको रुपमा न्यायपालिकाको नेतृत्व गरे ।

४२ वर्षभन्दा बढी समय न्याय सेवाम बिताएर श्रेष्ठले अवकास लिएका हुन् । 

श्रेष्ठको विदाईसँगै अब न्यायपालिकाको नेतृत्व प्रकाशमानसिंह राउतले समाल्ने छन् । संवैधानिक परिषदको सिफारिसपछि संसदीय सुनुवाइ समितिबाट बुधबार नै राउतलाई प्रधानन्यायाधीशमा सर्वसम्मत अनुमोदन गरिएको छ ।

राष्ट्रपतिले नियुक्त भएपछि राउतले असोज २० बाट न्यायपालिका प्रमुखको पदभार सम्हाल्नेछन् ।  

 

प्रकाशित मिति: १९:२० बजे, बुधबार, असोज १६, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्