Kathmandu Press

महिला भलिबल लिगमा कर्णालीको लगातार दोस्रो जित, गण्डकी जितबिहीन

पहिलो दिन मधेश युनाइटेडमाथि ३–१को जित निकाल्दै विजयी सुरुआत गरेको कर्णालीले दोस्रो दिन बुधबार भएको प्रतिस्पर्धात्मक खेलमा गण्डकी थन्डर्समाथि ३–२को सेटमा हरायो।
महिला भलिबल लिगमा कर्णालीको लगातार दोस्रो जित, गण्डकी जितबिहीन

काठमाडौं, असोज १४ : सोमबारबाट सुरु भएको एभरेस्ट महिला भलिबल लिगमा कर्णाली याश्विसले लागातार दोस्रो जित निकालेको छ।

पहिलो दिन मधेश युनाइटेडमाथि ३–१को जित निकाल्दै विजयी सुरुआत गरेको कर्णालीले दोस्रो दिन बुधबार भएको प्रतिस्पर्धात्मक खेलमा गण्डकी थन्डर्समाथि ३–२को सेटमा हरायो।

मंगलबार त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कर्भडहलमा भएको खेलमा पहिलो सेटमा गण्डकीले २५–१५ ले सहज जित निकाल्यो।  प्रतिस्पर्धात्मक बनेको दोस्रो सेटमा कर्णालीले २५–२२ ले जित्दै खेललाई बराबरीका ेअवस्थामा ल्यायो। 

तेस्रो सेट २५–१७ ले जित्दै खेलमा कर्णालीले २–१को अग्रता बनायो।  चौथो सेट  गण्डकीले २५–१९ ले जितेपछि खेल पाँचौं सेटसम्म पुगेको थियो। पाँचौं सेटमा १५–११ ले विजयी भयो।

लिगमा कर्णालीको यो लागतार दोस्रो जित हो भने गण्डकीको यो लगातार दोस्रो हार हो। पहिलो खेलमा गण्डकी चितनव शक्तिसँग ३–१ले पराजित भएको थियो। 
 
प्रकाशित मिति: २०:०३ बजे, मंगलबार, असोज १५, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्