प्रधानमन्त्री ओलीले गरे एमाले केन्द्रीय कार्यालयको निरीक्षण
प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल कम्युनिष्ट पार्टी (एमाले) को च्यासल, ललितपुरस्थित पार्टी केन्द्रीय कार्यालयमा हालैको बाढीबाट भएको क्षतिको निरीक्षण गरेका छन् ।काठमाडौं, असोज १५ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल कम्युनिष्ट पार्टी (एमाले) को च्यासल, ललितपुरस्थित पार्टी केन्द्रीय कार्यालयमा हालैको बाढीबाट भएको क्षतिको निरीक्षण गरेका छन् ।
एमालेका अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री ओलीले आज सिंहदबारमा सो दलको संसदीय दलको बैठकपछि पार्टी केन्द्रीय कार्यालय पुगेर निरीक्षण गरेका हुन्।
अविरल वर्षा र बाढीका कारण पार्टी कार्यालयको भुइँतला पूर्णतः डुबेको थियो।
बाढीबाट उक्त तलमा राखिएका उपकरण र अन्य महत्वपूर्ण सामग्री नष्ट भएका छन् । हाल उक्त स्थानमा सरसफाइ सुरु भएको छ।
प्रकाशित मिति: १७:२० बजे, मंगलबार, असोज १५, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार
चचहुई... [तस्बिरहरू]शनिबार, असोज २६, २०८१
राष्ट्रपति पौडेलबाट विजयादशमीको टीका ग्रहणशनिबार, असोज २६, २०८१
प्रधानमन्त्री ओलीले लगाए विजयादशमीको टीकाशनिबार, असोज २६, २०८१
राष्ट्रपतिले दिउँसो ३ः३० र पूर्वराजाले ४ बजेदेखि सर्वसाधारणलाई टिका लगाइदिनेशनिबार, असोज २६, २०८१