Kathmandu Press

सेयर बजारमा उछाल, ११४ अंकले बढ्या नेप्से

४.५७ प्रतिशतको वृद्धिपछि परिसूचक दुई हजार ६२३ दशमलव ५६ को अंकमा कायम भएको छ।
सेयर बजारमा उछाल, ११४ अंकले बढ्या नेप्से

काठमाडौं, असोज १५ : नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा उच्च अंकको सुधार देखिएको छ। 

आज नेप्से परिसूचक ११४.७० अङ्कले बढेको हो। ४.५७ प्रतिशतको वृद्धिपछि परिसूचक दुई हजार ६२३ दशमलव ५६ को अंकमा कायम भएको छ।

आज तीन सय सात कम्पनीका एक करोड ७५ लाख सात हजार ५५५ कित्ता शेयर ९६ हजार ९०६ पटक खरिदबिक्री हुँदा सात अर्ब ६१ करोड ६५ लाख २२ हजार २५८ बराबरको कारोबार भएको छ। वित्त समूह आज सबैभन्दा धेरै ९.७४ प्रतिशतले बढेको छ। 

त्यस्तै, बैंकिङ ३.८३, विकास बैंक ५.४८, होटल तथा पर्यटन ५.९७ र जलविद्युत् ५.९८ प्रतिशतले बढेको छ। लगानी ६.१०, जीवन बीमा ४.१२, उत्पादन तथा प्रशोधन २.१९, लघुवित्त ३.९८, म्युचुअल फन्ड १.६६, निर्जीवन बीमा ३.०९, व्यापार ३.९९ र अन्य समूह ४.६७ प्रतिशतले बढेको छ।

आज १८ वटा कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। सबैभन्दा धेरै घट्नेमा भने एनएमबी–५० म्युचुअल फन्डको शेयर मूल्य तीन दशमलव ८६ प्रतिशतले घटेको छ। 

कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै एनएलजी इन्सुरेन्स कम्पनी लिमिटेडको रु २८ करोड ८२ लाख ८३ हजार ९५६ बराबरको कारोबार भएको छ। 

कारोबार भएका शेयर सङ्ख्याका आधारमा भने सबैभन्दा धेरै अपी पावर कम्पनी लिमिटेडको छ लाख १२ हजार ४०१ कित्ता शेयर किनबेच भएको छ।

प्रकाशित मिति: १६:१४ बजे, मंगलबार, असोज १५, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्