Kathmandu Press

उर्जा मन्त्री बर्षामान पुन अस्पताल भर्ना

काठमाडौं, फागुन १६ : उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री वर्षमान विरामी परेर अस्पताल भर्ना भएका छन्।

बिहिबार साँझ छाती दुख्न थालेपछि पुनलाई थाप....

उर्जा मन्त्री बर्षामान पुन अस्पताल भर्ना
मनहरि तिमिल्सीनाको फेसबुकबाट

काठमाडौं, फागुन १६ : उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री वर्षमान विरामी परेर अस्पताल भर्ना भएका छन्।

बिहिबार साँझ छाती दुख्न थालेपछि पुनलाई थापाथलीस्थित नर्भिक अस्पतालको सिसियुमा भर्ना गरिएको हो । 

नर्भिका उनलाई मुटुरोग विशेषज्ञ यादव भट्टको टिमले उपचार गरिरहेको छ। अस्पताल स्रोतका अनुसार उनलाई मुटु र श्वासप्रस्वासमा समस्या देखिएको छ। केही अघि प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रामबहादुर थापा, वनमन्त्री शक्तीबहादुर बस्नेत लगायतले मन्त्री पुनलाई अस्पताला भेट्न पुगेका थिए । 

यसअघि पनि उनी उपचारका लागि लामो समय बैंकक बसेका थिए। 
 

प्रकाशित मिति: २१:०२ बजे, बिहीबार, फागुन १६, २०७५