Kathmandu Press

वायुसेवा निगमको कार्यकारी अध्यक्षमा घिमिरे

काठमाडौं, वैशाख ३ : नेपाल वायुसेवा निगमको कार्यकारी अध्यक्षमा सुशील घिमिरे नियुक्त भएका छन्।

मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले पूर्वसचिव घि....

वायुसेवा निगमको कार्यकारी अध्यक्षमा घिमिरे

काठमाडौं, वैशाख ३ : नेपाल वायुसेवा निगमको कार्यकारी अध्यक्षमा सुशील घिमिरे नियुक्त भएका छन्।

मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले पूर्वसचिव घिमिरेलाई कार्यकारी अध्यक्षमा नियुक्त गरेको हो। तीन महीनादेखि निगम नेतृत्वविहीन थियो।

यस अघि प्रधानमन्त्री केपी शर्मा ओलीले मदन खरेललाई कार्यकारी अध्यक्ष नियुत्तः गरेका थिए। २०७५ भदौमा नियुक्त भएका झापाका खरेलले गत माघमा राजीनामा दिएका थिए। त्यसयता निगम नेतृत्वविहीन रहेको थियो।

यस अघि घिमिरेले पर्यटन सचिव हुँदा निगमको सञ्चालक समिति अध्यक्षको पनि जिम्मेवारी निभाएका थिए। उनकै नेतृत्वमा पर्यटनमन्त्री योगेश भट्टराईले निगम सुधारका लागि पाँच सदस्यीय कार्यदल गठन गरेका थिए।

कार्यदलले गत असोजमा प्रतिवेदन बुझाएको थियो। अहिले उनैलाई कार्यकारी अध्यक्ष नियुक्त गरिएको हो।

 

प्रकाशित मिति: ११:४२ बजे, बुधबार, वैशाख ३, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्