Kathmandu Press

बाढीले बगाएका दुई जनालाई उद्दार गर्ने चणिकलाल कावा प्रधानमन्त्रीको सम्मान 

कार्यवाहक प्रधानमन्त्री सिंहले मानवीय भावना देखाएर नदिमा बगिरहेकाहरुको उद्धार गरेको भन्दै तामाङको साहसी कामको प्रशंसा गरे।
बाढीले बगाएका दुई जनालाई उद्दार गर्ने चणिकलाल कावा प्रधानमन्त्रीको सम्मान 

काठमाडौं, असोज १४ : कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले नख्खुखोलाले बगाएका दुई जनाको उद्धार गर्ने चणिकलाल तामाङले देखाएको साहसको प्रशंसा गर्दै सम्मान गरेका छन्। सोमबार शहरी विकास मन्त्रालयमा कसिंहले तामाङलाई सम्मान गरेका हुन्। 

तामाङले शनिबार ललितपुर महानगरपालिका २५ सुगम टोलस्थित नख्खु खोलाले बगाएका रौतहटका ४३ वर्षीय राजु साह र उनकी छोरी ६ वर्षीया मेघनालाई उद्धार गरेका थिए। 

कार्यवाहक प्रधानमन्त्री सिंहले मानवीय भावना देखाएर नदिमा बगिरहेकाहरुको उद्धार गरेको भन्दै तामाङको साहसी कामको प्रशंसा गरे।

‘तपाईंले आफैलाई जोखिममा राखेर उद्धारमा खटिनुभयो। मानवीयता देखाउनुभयो, तपाईंको साहसको उच्च प्रशंसा गर्दछु,’ उनले भने।

सरकारले अहिले राहत र उद्धारमा काम गरिरहेको छ बताउँदै उनले घाइतेहरुको उपचारको जिम्मा लिने भनेर घोषणा गरिसकेको बताए। 
 
प्रकाशित मिति: १३:३५ बजे, सोमबार, असोज १४, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्