सुनचाँदीको मूल्य घट्यो
लगातार नयाँ रेकर्ड बनाइरहेको सुनको मूल्य सोमबार भने १ सय रूपैयाँले घटेको हो।
काठमाडौं, असोज १४ : साताको दोस्रो कारोवार दिन आज (सोमबार) नेपाली बजारमा सुनको मूल्य सामान्य घटेको छ। लगातार नयाँ रेकर्ड बनाइरहेको सुनको मूल्य सोमबार भने १ सय रूपैयाँले घटेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुन प्रतितोला १ लाख ६० हजार ५ सय रूपैयाँ पुगेको छ। आइतबार सुन प्रतितोला १ लाख ६० हजार ६ सय रूपैयाँमा कारोबार भएको थियो।
त्यसैगरी, आज चाँदीको मूल्य पनि घटेको छ। आइतबार प्रतितोला १९ सय ४५ रूपैयाँमा कारोबार भएको चाँदी आज ५ रूपैयाँले घटेर १९ सय ४० मूल्यमा किनबेच भइरहेको छ।
प्रकाशित मिति: १२:५५ बजे, सोमबार, असोज १४, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार
-(4)-1753887070.jpg)